सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

विकास र समृद्धिका लागि समयलाई पछ्याउन जरुरी छ: महासचिव पोखरेल

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ माघ २१, सोमबार ६:४०
in Breaking (With Image), समाचार
0
विकास र समृद्धिका लागि समयलाई पछ्याउन जरुरी छ: महासचिव पोखरेल

सार्थक व्युरो । नेकपा एमालेका महासचिव शंकर पोखरेलले धेरै संस्था खोल्दा स्वीकार्य संस्थाको कमी हुने बताउनुभएको छ ।जापानको टोकियोमा आइतबार प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानले आयोजना गरेको नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरूको लगानीका अवसर र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले धेरै संस्था हुँदा ती आवाजलाई सम्बन्धित निकायले सहजै स्विकार्न नसक्ने बताउनुभयो । त्यसैले धेरै पार्टी होइन, धेरै संस्था होइन, बलिया पार्टी र संस्था चाहिन्छ’, उहाँले भन्नुभयो ।
राजनीतिक स्वतन्त्रता नभएको बेला राजनीतिक दल खोल्ने र संगठित गर्ने कुराको महत्त्व हुने भए पनि लोकतन्त्रमा आइसकेपछि धेरै दल भन्दा पनि बलिया दल आवश्यक पर्ने महासचिव पोखरेलले बताउनुभयो । बलिया राजनीतिक दलले मात्र स्थिरता, सुशासन र समृद्धिका लागि काम गर्ने पोखरेलले स्पष्ट पार्नुभयो ।
‘तानाशाही शासन व्यवस्थामा पार्टी वा संस्था खोल्ने कुरा बहादुरी थियो, अहिले संविधानले नै स्वतन्त्रता दिएको छ, अब संस्था खोल्ने बहादुरी होइन, संस्थालाई स्वीकार्य बनाउने कुरा अब विषय बनाउनु पर्छ,’ महासचिव पोखरेलले भन्नुभयो ।समय सीमित भएकोले थोरै संस्था भए भने संस्था व्यवस्थापन गर्न सहज हुने उहाँले बताउनुभयो । अब समय व्यवस्थापनमा ध्यान दिन नसक्ने हो भने अघि बढ्न नसकिने उहाँले स्पष्ट बताउनुभयो । ‘पछौटेपनको प्रमुख कारण समयलाई पछ्याउन नसक्नु हो, विकास र समृद्धिका लागि समयलाई पछ्याउन जरुरी छ’, पोखरेलले भन्नुभयो ।
जापनिजहरू समयको पालना गरेर समृद्ध भएका आफूले अनुभव गरेको उहाँले बताउनुभयो । त्यस्तो मुलुकमा बस्ने नेपालीहरू समेत समय प्रति सचेत नभएका उहाँले स्पष्ट पार्नु भयो ।
‘यहाँ बस्नेलाई समयको गतिमा हिँड्न सिक्नु पर्ने रहेछ भने नेपालमा बस्नेलाई थाहा नै छैन, उहाँहरूलाई गाली गरेर भएन, सिकाउनु पो पर्‍यो त, समयलाई सिक्न सक्यो भने विकास र समृद्धिमा योगदान पुर्‍याउन सकिन्छ, जापानमा बस्नेले नेपालीलाई समयको महत्व सिकाएर योगदान गरिदिनु पर्‍यो’, उहाँले भन्नुभयो ।
काम गर्ने मानिसलाई सम्मान गर्ने र अनुशासनको कुरा नेपालीले जापानबाट सिक्नु पर्ने उहाँले बताउनुभयो । देशको प्रश्नमा देशका पक्षमा उभिनु पर्दछ भन्ने कुरा पनि जापानीबाट सिक्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘राज्य बनाउने चिन्तन हामीले सिक्नु पर्दछ’, उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले कमाएको पुँजी नेपाल पठाएर मात्र देश नबन्ने बताउँदै जापानको प्रविधि, सिप र क्षमता देशको लागि प्रयोग गर्न आग्रह गर्नुभयो । शानको लागि लगानी हैन स्वाभिमानको लागि लगानी गर्न एनआरएनहरूलाई उहाँले आग्रह गर्नु भयो ।
लगानी गर्ने भनेर घोषणा गरेर मात्र नहुने बताउँदै उहाँले हुनेहरूलाई देशमा दत्त–चित्त भएर लगानी गर्न आग्रह गर्नुभयो । ‘देश बनाउनको लागि हामी आएको हौँ, समस्या आउँदा भाग्दैनौँ, समस्या समाधान गरेर अघि बढ्ने हो, देश बनाएरै छाड्छौँ’, उहाँले भन्नुभयो ।
राज्य कमजोर भयो भने देश नबन्ने बताउँदै पोखरेलले देश बनाउन प्रधानमन्त्री अधिकार सम्पन्न हुनुपर्ने बताउनुभयो । जापानका प्रधानमन्त्रीले त्यही अधिकार प्रयोग गरेर देश बनाउन सक्नु भएको उहाँको धारणा छ ।महासचिव पोखरेलले नेपालमा राजनीतिक स्थायित्व र देश बनाउन दुई ठुला पार्टी मिलेको बताउँदै देशमा समस्या छ, लगानीको वातावरण छैन भन्ने भाष्य गलत रहको बताउनु भयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य सूर्यप्रसाद पाठकले परदेशमा दुःखले कमाएको पुँजी र प्रविधिको उचित व्यवस्थापन गर्न आग्रह गर्नु भयो ।
अन्तरक्रिया कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा।दुर्गाबहादुर सुवेदी, एनआरएनए आइसिसी उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका अध्यक्ष नवीन निउरे लगायतको उपस्थिति रहको थियो ।
खुला कार्यक्रम अघि एमाले पार्टीका संगठित सदस्यहरूको लागि आन्तरिक प्रशिक्षण समेत गरिएको थियो । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानका अध्यक्ष कुलचन्द्र खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवासी नेपाली मञ्चका अन्तराष्ट्रिय कमिटीका सदस्य तथा जापानका इन्चार्ज सुरेश केसी, शरोज कंडेललगायतका नेताहरूले आफ्नो धारणा राख्नुभएको थियो ।

Previous Post

काँग्रेस नेता कलौनीको महाकालीमा अन्त्येष्टी

Next Post

उत्पादन बृद्धि गरी अन्तर्राष्ट्रिय व्यापार बढाउन प्रधानमन्त्रीको आग्रह

Next Post
उत्पादन बृद्धि गरी अन्तर्राष्ट्रिय व्यापार बढाउन प्रधानमन्त्रीको आग्रह

उत्पादन बृद्धि गरी अन्तर्राष्ट्रिय व्यापार बढाउन प्रधानमन्त्रीको आग्रह

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.