नेपालले पनि अमेरिकी जहाजको प्रतीक्षा गरे हुन्छ

सरोज मिश्र

अस्ति बृहस्पतिबारका दिन एउटा समाचारले भारतको राजनीतिक एवं सञ्चारजगत निक्कै तरंगित भयो । संयुक्त राज्य अमेरिकामा गैरकानूनी ढंगले प्रवेश गरेका १०४ जना भारतीय नागरिकहरूलाई अमेरिकी वायुसेनाको मालबाहक जहाजले भारत ल्याएर छोडेछ । त्यसरी ल्याउने क्रममा ती भारतीय नागरिकलाई हातमा हतकडी र गोडामा नेल लगाएर ल्याइएको रहेछ । यही कुरामा हंगामा भयो । भारतीय नागरिकहरूलाई अपमानित गरिएको र अमेरिकी सैनिक जहाज भारत आएको भन्दै विदेश नीति व्यवस्थापनमा भारत सरकार असफल भएको आरोप लाग्यो । प्रधानमन्त्री नरेन्द्र मोदीको असल मित्र भनिएका डोनाल्ड ट्रम्प राष्ट्रपति भएको बेला ‘यस्तो कसरी भयो रु’ भन्नेसम्मको प्रश्न उठाइयो । झट्ट हेर्दा अमेरिका र भारत जोडिएको यो विषय हाम्रा लागि पटक्कै चासोको विषय होइन । तर, १०४ जनाको डिपोर्ट गरिएको यो पहिलो खेप बोकेको अमेरिकी वायुसेनाको जहाजजस्तै अर्को जहाज त्यत्तिकै नेपाली बोकेर नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो भने आश्चर्यचकित हुन नपर्ने अवस्था भएको हुँदा यो समाचार हाम्रा लागि पनि चासो र चाखको विषय होजस्तो लाग्छ ।
यस विषयमा भारतीय विदेशमन्त्री जय शंकरले संसद्मा जवाफ दिए । उनका अनुसार गैरकानूनी ढंगले अमेरिका प्रवेश गर्ने भारतीयलगायत विदेशीहरूलाई यसै ढंगले निष्कासन गरेर सम्बन्धित मुलुकमा पु¥याउने अमेरिकी कानुनअनुसार नै एउटा एसओपी (स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युअर) बनेको छ । तदनुरुप नै सन् २०१२ देखि नै निष्कासन प्रक्रिया अपनाउँदै आएको छ । उनका अनुसार वायुसेनाको जहाजले बोकेर ल्याइदिने र ल्याउँदा अपराधी–बन्दीसरह नेल हतकडी लगाएर ल्याउने काम पहिलोपटक भएको होइन । वास्तविकताचाहिँ के रहेछ भने गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने विदेशीहरूप्रति कठोर बन्ने नवनिर्वाचित राष्ट्रपति ट्रम्पको नीतिअनुरूप अलि बढी तदारुकता देखाइएको रहेछ र अमेरिकी प्रशासनले नै कठोरता प्रदर्शनको प्रचारप्रसार गरेको हो ।
भारतीय सञ्चारमाध्यमले नै फर्काइएका केही नागरिकहरूसँगको कुराकानी प्रसारित गरेको थियो । एकजनाका अनुसार उनी लाओस, भियतनाम हुँदै ब्राजिल पु¥याइएका थिए र त्यहाँबाट जंगलको बाटो हुँदै बिना कुनै भिसा वा वैध कागजात अमेरिकी भूमिमा गत जनवरी २४ मा मात्र पुगेका रहेछन् । सीमा सुरक्षाकर्मीले तिनलाई गिरफ्तार गरेर केही दिनको कारावासपछि भारत डिपोर्ट गरिएको रहेछ । अर्काचाहिँ आठ नौ महिना लगाएर मेक्सिको पुगेछन् र त्यहाँबाट कुनै मालबाहक कन्टेनरमा कोचिएर अमेरिका प्रवेश गरेलगत्तै जनवरीको २६ तारेखका दिन सुरक्षाकर्मीको गिरङ्खतमा परेर केही दिनको कारावासपछि डिपोर्ट गरिएको रहेछ । यी दुवैले अमेरिका प्रवेश गराउने एजेन्टलाई पच्चिसौं लाख रकम बुझाएका रहेछन् । यी यात्रुहरूका अनुसार डिपोर्ट गरिएका १०४ मध्ये केही उमेर नपुगेका नाबालकहरू पनि रहेछन् र यात्राका क्रममा तिनलाई चाहिँ नेल–हतकडी लगाइएको थिएन । प्रकट रूपमा स्पष्ट आएको कुराचाहिँ के हो भने जति जनालाई अमेरिकाबाट निष्कासन गरेर भारत पु(याइए, ती सबै गैरकानूनी रूपमा अमेरिका पुगेका बिना वैधकागजातका व्यक्तिहरू नै थिए ।
भारतीय सञ्चारमाध्यमले नै फर्काइएका केही नागरिकहरूसँगको कुराकानी प्रसारित गरेको थियो । एक जनाका अनुसार उनी लाओस, भियतनाम हुँदै ब्राजिल पु(याइएका थिए र त्यहाँबाट जंगलको बाटो हुँदै बिनाकुनै भिसा वा वैध कागजात अमेरिकी भूमिमा गत जनवरी २४ मा मात्र पुगेका रहेछन ।
अब प्रश्न उठ्छ– के अमेरिकाले अन्याय गरेको हो ? गरिब एवं निमुखाका हिमायती भनाउँदा कतिपयले यी व्यक्तिहरूलाई ‘बाध्यताबस उज्ज्वल भविष्यको खोजीमा अमेरिका पुगेका बिचरा’सम्म भन्न भ्याए । अमेरिकाले मानव अधिकारको हनन गरेको भन्नेहरू पनि देखिए । यस्ता तर्कमा कुनै दम छ ? कुनै पनि मुलुकमा विदेशीलाई कुन प्रयोजनका लागि कति समय बस्न वा घुम्न दिने ? भन्ने आआफ्नै नियम हुन्छ भन्ने कुरामा त कुनै दुई मत नहोला ! अमेरिकाको पनि आफ्नै नियम छ ।
फगत, पर्यटक बनेर पन्ध्र दिन घुम्न जान खोज्नेले पनि वैध प्रवेशाज्ञा लिनैपर्छ । अझ त्यस मुलुकमा गएर अर्थोपार्जन गर्ने हो भने त थप विशेष आज्ञाको आवश्यकता पर्छ नै । गैरकानूनी ढंगले बिनाप्रवेशाज्ञा कुनै पनि मुलुकमा प्रवेश गर्नु भनेको त अपराधै हो । त्यस्ता प्रवेशीले त्यस मुलुकमा जरो गाडेर रोजगारीमा लिप्त भयो वा हुन खोज्यो भने त निश्चित रूपमा अपराध गम्भीर हुन पुग्छ । त्यस्तो अपराध सिद्ध भएका व्यक्तिलाई सम्बन्धित मुलुकमा फिर्ता पठाइदिनुलाई कुनै कोणबाट अन्याय भन्न सकिँदैन ।
कुनै पनि मुलुकमा गैरकानूनी रूपमा प्रवेश गरेका विदेशी नागरिकलाई ती व्यक्तिसँग सम्बन्धित मुलुकमा पठाइदियो भने कसैले पनि आफ्ना नागरिकलाई लिन्न भन्न मिल्दै मिल्दैन । हाम्रोजस्तो देश निकालाविरुद्धको हक संविधानले नै ग्यारेन्टी गरेको मुलुकमा त आफ्ना मुलुकका नागरिकलाई नकार्ने कुरोको कल्पना पनि गर्न मिल्दैन । कुनै पनि मुलुकले अर्काको नागरिकलाई दयामायासम्म गर्न सक्छ, हकका रूपमा रोजगारी वा बसोबासको ग्यारेन्टी गर्न सक्दैन । त्यस अर्थमा अमेरिकाले अवैध प्रवेशी भारतीय वा अन्य कुनै पनि नागरिकलाई गरिएको निष्कासनलाई कुनै कोणबाट पनि अन्याय भन्न मिल्दैन । त्यस मुलुकको आप्रवास कानुन तोडेको आरोप प्रमाणित भएका अपराधीलाई थप कठोर सजाय नदिई खुरुक्क फिर्ता पठाइदिनु त नरम भएको पो भन्नु पर्ने हो कि !
फिर्ता पठाइएकाहरूलाई लगाइएको हतकडी वा नेलका विषयमा चाहिँ प्रश्न गर्न सकिन्छ होला ! त्यो कदम अमानवीय भयो कि भनेर सोच्न सकिएला ! तर एकैक्षण एउटा कल्पना गरौं त ! कुनै व्यक्ति तपाईंलाई थाहा नदिई तपाईंको जग्गाजमिनमा जरो गाड्न आइपुगेछ । त्यो ‘विचरा गरिब’ पनि होला !
आफ्नो सन्तानका लागि जोडेको घडेरीबाट त्यस व्यक्तिलाई हटाउन तपाईं उद्यत हुनुहुनेछ नै । हटाउने क्रममा त्यो व्यक्ति छलछाम गरेर भागेर पुनः आउनसक्छ वा कुना कन्दरामा लुकेर फेरि फर्कन सक्छ भन्ने तपाईंलाई लाग्यो भने तपाईं के गर्नु हुन्छ ? त्यसलाई कुनै पनि प्रकारले तपाईंको सम्पतिमा अतिक्रमण गर्न नसक्नेगरी डाँडा कटाउन खोज्नु हुन्न रु अनि, तपाईको शक्तिले भ्यायो भने डाँडा कटाउने क्रममा त्यस व्यक्तिलाई पाता कसेर लैजानुहुन्छ कि खुला हिँड्न दिनुहुन्छ रु हेक्का रहोस्, अपराध प्रमाणित भइनसकेका फगत अभियुक्तलाई हिरासतबाट अदालत लैजाँदा पनि हतकडी लगाइन्छ । त्यो कैदी भाग्दैन वा भाग्ने कोशिश गर्दैन भन्ने जिम्मा लिएका व्यक्तिलाई पूरा विश्वास भयो भने थोरै नरम हुन सक्ला १ त्यो जिम्मा पाउने अधिकारीको स्वविवेकमा भर पर्ने कुरा भयो ।


प्रतीकात्मक नक्सा साभार: अमरउज्याला
महत्वपूर्ण कुरोचाहिँ के भने अख्तियार प्राप्त अधिकारीको स्वविवेकीय अधिकारलाई तपाईंको विवेकले निर्देशित गर्दैन । यसकारण बिनाप्रवेशाज्ञा वा वैध कागजात नभई अमेरिका प्रवेश गर्ने वा बसोबास गर्ने विदेशीलाई अमेरिकाले फिर्ता पठाउँछ भने त्यो न्यायिक हो ।
यात्राका क्रममा हतकडी लगाउनेचाहिँ उसको स्वविवेकीय अधिकार हो र अर्काको स्वविवेकीय अधिकारमाथि तेस्रो व्यक्तिले विवेक प्रयोग गर्न खोज्नुचाहिँ अविवेक हो । यसरी निष्कासन गरेर त्यसको प्रचारप्रसारसमेत गर्नुचाहिँ यस्ता गैरकानूनी काम गर्न खोज्नेका लागि निरुत्साहित गर्ने रणनीति पनि हुनसक्छ ।
अब आउँ नेपालतर्फ । आउने दिनमा अमेरिकी वायुसेनाको कुनै त्यस्तै जहाज १०० वा २०० नेपाली बोकेर नेपाल आयो भने आश्चर्य मान्न पर्दैन । मेक्सिको, ब्राजिल वा पनामाको बाटो हुँदै अमेरिका छिरेका वा छिर्न उद्यत नेपालीहरूको संख्या कति छ ? यकिन तथ्यांक मसँग छैन । अमेरिकामा दसौं हजारको संख्यामा अवैध आप्रवासी नेपाली छन् भन्नेचाहिँ मेरो अनुमान हो ।
हजार–पन्ध्र सय नेपाली त आप्रवासी कानुनअन्तर्गत हिरासतमै छन् भन्ने अपुष्ट समाचार छ । तत्कालै डिपोर्ट हुने अवस्थाका नेपाली नागरिकहरूको लिस्ट नेपाल सरकारले प्राप्त गरि पो सकेको छ कि ! नभए गर्ला ! त्यसबेला अमेरिकी वायुसेनाको जहाजलाई रोक्न सकिने छैन । ती अवैध आप्रवासीहरू नेपाली नागरिक होइनन् भनेर भन्न सकिए बेग्लै कुरा !
अब ती ‘निमुखा’ नागरिकको अमेरिकादेखि नेपालसम्मको यात्रा कष्टकर नबनाउन हाम्रै ध्वजाबाहक पठाउने कि रु भावना र कथित मानवीयता एकातिर छ ! व्यावहारिकता र जिम्मेवारीबोध अर्कोतर्फ छ ! छनोट हाम्रो हो ! यो मुद्दामा आउने दिनमा गणतन्त्रको असफलता वा नेताको नालायकीपनको राग हरदम अलाप्न तयार रहने कमाण्डो फोर्सले चाहिँ हेक्का राखे हुन्छ– लाखौं खर्चेर चोरबाटोबाट अमेरिका छिर्न खोज्ने ती वीर नेपालीको जिम्मा कसैले पनि लिन सक्दैन ।-राजधानीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित