सार्थक ब्यूरो । नेवाः देय दबू केन्द्रिय समितिको आठौ महाधिवेशन आगामी चैत तेस्रो सााता महेन्द्रनगरमा हुने भएकोछ । चैत २२ र २३ गते हुने महाधिवेशनका लागि तयारी सुरु गरिएको छ ।
महाधिवेशनमा देशभरका नेवाः देय दबूका ६५ जिल्लाका ५ जना, सबै प्रदेशबाट प्रदेशबाट कम्तिमा २० जना, स्वायत प्रदेश २० जना, जातिय परिषद् भातृ संस्था, परिषद् सदस्य, सल्लाहकार, संरक्षक र केन्द्रिय समितिका गरी ६ सय प्रतिनिधि सहभागी हुन लागेका छन् ।
महाधिवेशन व्यवस्थापनको जिम्माकेन्द्रिय उपाध्यक्ष तथा नेपाल आदिवासी जनाजाति महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरलाई दिइएको छ । परिषद्का अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरी तयारी सुरु गरिएको छ ।
भीमदत्त नगरपालिका ३ भाँसीस्थित ममताज पार्टी प्लेसमा महाधिवेशन हुनेछ । सहरी विकास मन्त्री प्रकाशमान सिंहले महाधिवेशन उद्घाटन गर्ने बताइएको छ । मुल व्यवस्थापन समिति संयोजक श्रेष्ठले महाधिवेशनको तयारी सुरु गरिएको जानकारी दिए ।मूल व्यवस्थापन समिति गठन गरी महाधिवेशनलाई भव्य र सभ्य बनाउने गरी तयारी थालिएको छ, मूल समिति बाहेक अन्य समिति पनि गठन गरी अघि बढेका छौ’ संयोजक श्रेष्ठले भने ।
समितिले महाधिवेशनका लागि सहयोग जुटाउन सबै स्थानीय तहमा प्रस्तावना पेश गरेका थिए । स्थानीय तहबाट सहयोग हुने अपेक्षा राखिएको संयोजक श्रेष्ठले बताए ।
राजनीतिक दल, जनप्रतिनिधि, आदिवासी जनाजाति महासंघ लगायतका विभिन्न क्षेत्रको प्रतिनिधि उद्घाटन समारोहमा सहभागी हुने छन् । उद्घाटनमा नेवारी संस्कृति र अन्य आदिवासी जनजातीको संस्कृति झल्किने झाँकी सहित बजार क्षेत्रमा ¥याली गरी बजार परिक्रमा गर्ने बताइएको छ ।
आदिवासी जनजाति महासंघमा सूचीकृत ५९ जातिमा नेवार जाती सबैभन्दा सम्पन्न मानिन्छ । २०७८ को जन गणना अनुसार देशभर नेवार समुदायको जनसंख्या १३ लाख ४१ हजार छ । यो अघिल्लो जनगणना भन्दा कम हो । नेवार समुदायको जनसंख्या संकलनमा त्रुटी भएकाले कम भएको मूल व्यवस्थापन समितिका संयोजक श्रेष्ठले बताए ।
बैतडीमा १३ घर छ, त्यहाँ जनसंख्या १३ जना नै छ, अनि शुक्लाफाँटामा एक घर छ, यहाँ १४ जना छ’ उनले भने, ‘तथ्यांक बिभागले सहि ननिकालेको संख्या कम हुन पुगेको छ ।’
कञ्चनपुरमा नेवार समुदायको जनसंख्या एक हजार छ । कञ्चनपुरमा नेवार समुदाय म्यान्मार (ब्रह्मा), प्यूठान, पर्वत, तनहँ र कास्कीबाट आएको छ । सुदूरपश्चिममा चार हजार पाँच सय जनसंख्या छ । सुदूरपश्चिमका ५ जिल्लामा नेवार समुदायको बसोबास छ ।


















Discussion about this post