सहिद दशरथ चन्द विश्वविद्यालय सञ्चालनमा आउँछ : उद्योग मन्त्री भण्डारी

धनगढी । कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी गरिएको छ। सङ्घीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालकै गौरवको आयोजना सञ्चालनको तयारीमा रहेको बताए। प्रेस चौतारी, कैलालीले बिहिवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले विश्वविद्यालयको चर्चा हुनु स्वभाविक रहेको बताए। उनले भने, ‘नीति–कार्यक्रम र बजेटमा गेटालाई ल्याएका छौ। कार्यान्वयन भएको छैन। सञ्चालनको लागत ठुलो छ। प्रधानमन्त्री ज्यूले मन्त्रालयहरूलाई प्रक्रियाको विषयमा निर्देशन दिनु भएको छ। सुदूरपश्चिमको ठुलो योजना हो। सुदूरपश्चिमको महत्वपूर्ण आयोजना हो। देशकै महत्वपूर्ण आयोजना हो। योले चर्चा पाउनु सस्तो लोकप्रियता होइन।’

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि सरकारले तयारी गरिरहेको उनले बताएका हुन। भण्डारीले विश्वविद्यालय सञ्चालनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलेले शिक्षा र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइसकेको बताए। उनले सेती प्रादेशिक अस्पताल गाभेर भए पनि विश्वविद्यालय सञ्चालन हुने बताएका छन्। मन्त्री भण्डारीले भने, सरकारको धारण सस्तो लोकप्रियताका लागि होइन। प्रदेशको राजधानीमा छ। आवश्यक पनि छ। तर, सीमित स्रोत साधन छ। छलफल र चर्चालाई सस्तो लोकप्रियताका रूपमा नबुझौ।’

कैलालीको गेटामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले झन्डै सात अर्बका भौतिक संरचनाहरू तयार पारेको छ। तर, विश्व विद्यालय सञ्चालनको ऐन नभएकाले समस्या भएको छ। मन्त्रालयले ऐन प्रतिनिधि सभामा पठाएको छ। तर, ऐन निर्माणको कामले गति पाएको छैन। गेटामा अस्पताल सञ्चालनमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित