सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

राम्रो गर्न खोज्नेलाई किन अवरोध ? कुलमानदेखि बेलडाँडीसम्मको यथार्थ

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ चैत्र १२, मंगलवार १३:५९
in Breaking (With Image), राजनीति, समाचार, समाज, सुदूरपश्चिम प्रदेश
0
राम्रो गर्न खोज्नेलाई किन अवरोध ? कुलमानदेखि बेलडाँडीसम्मको यथार्थ

सार्थक व्युरो ।

बेलडाँडी । राम्रो गर्न खोज्नेहरूको विरोध गर्ने प्रवृत्ति हाम्रो समाजमा गहिरो रूपमा बसेको छ । यसैको पछिल्लो उदाहरण नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हुन् । उनले नेपालमा उज्यालो ल्याउन महत्त्वपूर्ण भूमिका खेले पनि, केही माफियाहरूको दबाबमा परेर उनलाई पदबाट हटाउने निर्णय गरियो ।

तर, उनले गरेका कामहरूको चौतर्फी प्रशंसा भइरहेको छ । यो प्रवृत्ति केवल राष्ट्रिय स्तरमै सीमित छैन, स्थानीय तहमा पनि यही देखिन्छ । बेलडाँडी गाउँपालिकामा पनि यस्तै समस्या देखिएको छ । गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले जनपक्षीय कार्य गर्दा आफ्नै सहकर्मीहरू र केही स्वार्थी व्यक्तिहरूको विरोध झेल्नु परेको छ ।

विकास निर्माणका काममा विशेष ध्यान दिँदा, एमाले निकट समूहहरू समेत उनको गतिविधिलाई रोक्ने प्रयास गरिरहेका छन् । बेलडाँडीको जनसंख्या वृद्धिदर र भविश्यलाई ध्यानमा राख्दै विकास निर्माणको काम अघि बढाइरहँदा, भित्रकै जनप्रतिनिधि नै अवरोध गर्न उद्धत देखिन्छन् ।

१५ शैया अस्पताल निर्माणका क्रममा केही जनप्रतिनिधि फिल्डमै उत्रिएर विरोध जनाए, तर प्रमुख राना आफ्नो अडानमा कायम रहँदै अस्पताल निर्माण सम्पन्न गर्ने दिशामा अघि बढे । यसैगरी, कोल्ड स्टोर, विद्युत् सब–स्टेशनका लागि जमिन खाली गराउने, रेडक्रस भवन निर्माण, आपतकालीन भवन निर्माण, दुग्ध चिस्यान केन्द्र निर्माण, र नक्सामा भएका सडक खोल्ने कार्यहरूमा पनि लगातार अवरोध सिर्जना गरिएको छ ।

यद्यपि, पालिका प्रमुख हरिशचन्द्र राना सत्यको बाटोमा अडिग भएकाले विरोध गर्नेहरूको प्रयास असफल हुँदै आएको छ । यदि उनले कुनै सानो कमजोरी गरे भने आफ्नै सहकर्मीहरूले उनलाई जेलसम्म पुर्याउने षड्यन्त्र गर्नसक्ने स्थानीयहरूले अनुमान गरेका छन् । तर, बेलडाँडीका करिब ८० प्रतिशत जनता उनका कार्यहरूबाट सन्तुष्ट छन् ।

मुख्यत ः सडक बेचेर खाने, सरकारी जमिन अनाधिकृत रूपमा कब्जा गर्ने, र आफ्ना निजी स्वार्थका लागि विकास रोक्नेहरूले मात्रै उनलाई विरोध गरिरहेका छन् । यसबाट पुष्टि हुन्छ कि, राम्रो गर्नेहरूको पछि विरोध गर्ने प्रवृत्ति यथावत् छ । तसर्थ, पालिका प्रमुख रानालाई झनै मजबुत भएर जनताको पक्षमा काम गर्न हौसला दिइनु आवश्यक छ ।

राम्रो काम गर्नेहरूलाई निरुत्साहित गर्ने यो प्रवृत्ति रोक्नुपर्छ । चाहे कुलमान घिसिङको मुद्दा होस् वा हरिशचन्द्र रानाको, जनपक्षीय काम गर्ने नेतालाई सघाउनु आजको आवश्यकता हो । जनताले आफ्नो हितका लागि सही निर्णय गर्नुपर्छ, ताकि विकासका मार्गमा अवरोध सृजना गर्नेहरू पराजित हुन् ।

Previous Post

बेलडाँडी विकासमा अवरोध, नक्साको सडक खोल्ने सत्ताधारी रानाको प्रयास

Next Post

होली खेलेर कञ्चनपुरका बिरामीदेखि घाईते पत्रकारलाई आर्थिक सहयोग

Next Post
होली खेलेर कञ्चनपुरका बिरामीदेखि घाईते पत्रकारलाई आर्थिक सहयोग

होली खेलेर कञ्चनपुरका बिरामीदेखि घाईते पत्रकारलाई आर्थिक सहयोग

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.