पूर्वराष्ट्रपति बिद्या भण्डारी चीन भ्रमणमा :भ्रमण टोलीमा यी नेता जाँदैछन चीन

सार्थक ब्यूरो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सत्तारुढ नेकपा एमालेका पदाधिकारीसहित मन्त्री र सांसदहरूसहित छिमेकी मुलुक चीनको भ्रमणमा जाने हुनुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको टोली यही जेठ १० गते चीनको साताव्यापी भ्रमणका लागि बेइजिङ प्रस्थान गर्न लागेको हो ।
पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको टोलीमा नेकपा एमालेका सचिव रघुवीर महासेठ, एमाले स्थायी कमिटी सदस्य तथा पूर्वउद्योगमन्त्री कर्णबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, गोमा देवकोटा, सार्वजनिक प्रशारण संस्थाका अध्यक्ष डा। महेन्द्र विष्टसहितका टोली चीन जाने सूची बनेको हो ।
उक्त टोलीले चीनको २ वटा शहरमा आयोजना हुने कार्यक्रममा भाग लिने बताइएको छ । चीन भ्रमणका क्रममा भण्डारीले उच्चस्तरीय राजनीतिक भेटघाटसमेत गर्ने तय भएको टोलीका एक नेताले जनताटाइम्स डटकमलाई बताए । ती नेताका अनुसार राष्ट्रपतिदेखि उच्च तहका नेतृत्वसँग भेटबार्ता हुने गरी कार्यक्रमको खाका बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित