कार्यकर्ता भेटन कसैको अनुमति लिनु पर्दैन :पूर्वराष्ट्रपति भण्डारी

सार्थक ब्यूरो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति हुनुभन्दा पहिला एमाले भएकाले कार्यकर्ताहरूसँग भेटघाट गर्न अनुमति लिइरहनु नपर्ने बताएकी छन्।मङ्गलवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै भण्डारीले एमालेका धेरै नेता तथा कार्यकर्तासँग सम्पर्क भएकाले भेटघाट गरिरहेको बताइन् ।
उनले आफूले संगठित सदस्यता नलिँदैदेखि नै काम गरेको पार्टी एमाले भएकाले यसका कार्यक्रमहरू सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको बताएकी छिन् ।भण्डारी झापामा भएको बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको नाम नलिई टिप्पणी गरेका थिए । सोही विषयमा पत्रकारले राखेको जिज्ञासामा भण्डारीले ‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले पनि एमालेमा काम गरेको दाबी गरिन् ।
उनले भनिन्, ‘पार्टीमा चिनजान ठूलै छ। पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ ।उनले आफूले कुनै गुटको राजनीति नगरेको समेत बताइन् । उनले जहाँ जसरी हुन्छ काम गर्ने बताइन् । भण्डारी कोशी प्रदेशका मोरङ सुनसरी र झापामा भएका कार्यक्रममा सहभागी भएर आज काठमाडौँ फर्किएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित