रास्वपाको संसद अवरोध हटाउन सभामुखद्वारा प्रमुख दलसँग छलफल

सार्थक ब्यूरो । प्रतिनिधि सभाको चौथो ठुलो दल रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुखले अहिले बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल गरिरहनुभएको छ।
छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही हुनुहुन्छ।
सभामुखले संसदमा जारी अवरोध खुलाउने विषयमा गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रास्वपा प्रमुख सचेतक परियारसँग अलग अलग छलफल गर्नुभएको थियो।
यसैबिच विभिन्न दलका सांसदहरूले सदनमा रास्वपा सांसदहरू निलो स्कार्फमा संसद प्रवेश गरेकोबारे सभामुखको ध्यानाकर्षण गराएका छन्। उनीहरूले संसदमा क्रमशः अमर्यादित गतिविधि भएको भन्दै नियन्त्रणका लागि आग्रह गरे।
सभामुखले यसबारेमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै संसदीय मर्यादाभित्र बस्नु स्वयं सांसद र राजनीतिक दलहरूको कर्तव्य रहेको बताउँदै आफू स्वनियमनको पक्षमा रहेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित