पीपीएलएको अध्यक्षमा अमर थापा निर्वाचित

सार्थक ब्यूरो । नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) को अध्यक्षमा वरिष्ठ अधिवक्ता अमर थापा विजयी हुनुभएको छ । सोमवार बिहान सम्पन्न निर्वाचनको मतगणनामा थापा २५६ मत प्राप्त गरी बिजयी हुनुभएको हो । निर्वाचनमा उहाँका प्रतिद्वन्द्वी ओमप्रसाद थपलियाले २१३ मत पाएर चित्त बुझाउनु परेको छ ।
यस्तै खुला उपाध्यक्षमा भिमसेन बन्जरा निर्विरोध निर्वाचित हुनभएको छ भने महिला उपाध्यक्षमा ३०५ मतसहित यसोदादेवी खरेल विजयी हुँदा हिमादेवी बस्नेतले १५२ मत प्राप्त गर्नुभएको छ ।
महासचिवमा भुवनप्रसाद निरौला १६३ मत ल्याएर विजयी हुनुभएको छ । निर्वाचनमा चूडामणि पौडेलले ७४ मत, शिव अर्यालले ११६ देवी प्रसाद भट्टराईले ८३ शान्तिराम खतिवडाले २७ मत पाउनुभएको छ ।
त्यसैगरी उपमहासचिवमा बाबुराम राई २१७ मतका साथ विजयी हुँदा बालकृष्ण आचार्यले १२१ र सहकुल खत्रीले ११८ मत पाउनु भएको छ ।यसैगरी सचिवमा युवक कुमार गौतम १३९ र मुकुन्दप्रसाद अधिकारी १३१ मतका साथ विजयी हुनुभएको छ । अधिकारी र हरिप्रसाद मैनालीको समान १३१ मत आएको भएपनि गोलाबाट अधिकारी विजयी भएका हुन् ।
सचिवमा अनिता गुरुङ २२७ मतका साथ विजयी हुँदा राधिका खतिवडाले २२२ मत पाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित