सार्थक ब्यूरो ।आफ्नो पार्टीका वडा अध्यक्षमाथि भीमदत्त नगरपालिकाको कार्यपालिका बैठकमा दुव्र्यवहार भएपछि एमाले आक्रोशित भएको छ ।एमाले भीमदत्त नगर कमिटीले सोमबार दिउँसो भीमदत्त नगरपालिका कार्यालय प्रवेश निषेध गरी झण्डै दुई घण्टा धर्ना दिएको छ ।भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी र प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम धर्ना अघि कार्यालय बाहिर निस्कि सकेका थिए ।भीमदत्त नगरपालिकाको १२ औं नगर कार्यपालिका बैठकमा भीनपा १८ वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटा र भीनपा ११ का वडा अध्यक्ष प्रकाश थापाबीच विवाद भएको थियो ।अध्यक्ष देबकोटाले मेयर बोगटीसित आफ्नो वडाको योजना सम्बन्धि बजेट माग गर्ने क्रममा थापाले विरोध गरेपछि विवाद भएको थियो । त्यसपछि थापाले आफूलाई बाहिर हिँड जे पनि गरि दिन्छु भनेको भन्दै उनी कार्यपालिका बैठक छाडेर निस्किएका थिए ।वडा अध्यक्ष देवकोटाले आइतबार साँझ वडा कार्यालयमा पत्रकार सम्मेलन गरी आफूमाथि दुव्र्यवहार भएको बताएका थिए ।
वडा अध्यक्ष देवकोटामाथि दुव्र्यवहार भएपछि एमाले नगर कमिटीले सोमबार दिउँसो कार्यालयमा धर्ना दिएको हो ।धर्ना कार्यक्रमलाई एमाले भीमदत्त नगर कमिटी अध्यक्ष हिमाल चन्द, उप सचिव विवेक भट्ट, महिला नेतृ भुवन कुँबर लगायतले सम्बोधन गरे ।एमाले नगर अध्यक्ष चन्दले देवकोटामाथि गरिएको दुव्र्यवहार सहन नसकिने बताए ।भीमदत्तको वर्तमान नेतृत्वले अघिल्लो कार्यकालका ठूला विकास निर्माण योजनालाई वेवास्ता गरी टुक्रे र वितरणमुखी योजनालाई ध्यान दिएको आरोप लगाए ।नगर अध्यक्ष चन्द अघिल्लो कार्यकालमा भीमदत्तका नगर प्रवक्ता थिए । उनी २०७४ को निर्वाचनमा भीनपा १७ बाट निर्वाचित भएका थिए ।
भीमदत्तमा मंगलबार नगर सभा हुने तयारी गरिएको छ । नगर सभाको पूर्व सन्ध्यामा नगर पालिका कार्यालय धर्ना दिइएको हो ।नगर सभाबाट आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित हुने बताइएको छ । आइतबार कार्यपालिका बैठकमा मंगलबार हुने नीति तथा कार्यक्रममाथि छलफल लगायतका कार्य सूची थियो ।वडा अध्यक्ष देवकोटामाथि कार्यपालिका बैठकको मर्यादा मिचेर वडा अध्यक्ष देवकोटामाथि बहुमतको आडमा दुव्र्यवहार गरिएको निष्कर्ष एमालेले निकालेको छ ।एमाले नगर अध्यक्ष चन्दले बहुमतको आडमा देवकोटामाथि दुव्र्यवहार गरिएको बताए । ‘यो बहुमतको आडमा गरिएको दुव्र्यवहारको हो,यो पार्टीलाई कुनै हालतमा सह्य हुँदैन’ उनले भने ।
धर्नामा एमाले केन्द्रीय लेखा आयोग सचिवालय सदस्य ईश्वरी प्रसाद खरेल, एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर विश्वकर्मा लगायतका नेता सहभागी भएका छन् ।
भीनपा १८ का वडा अध्यक्ष देवकोटा पनि धर्ना स्थलमा पुगेका छन् । उनी एमाले जिल्ला कमिटी सचिवालय सदस्य हुन् ।
एमालेको धर्ना हुँदा भीनपा ११ का वडा अध्यक्ष प्रकाश थापा पनि नगरपालिका पुगेका छन् । उनले आफूले वडा अध्यक्ष देवकोटामाथि कुनै नराम्रो व्यवहार नगरेको बताए । ‘त्यहाँ अरु पनि छन्, वहाँहरुलाई सोधे हुन्छ’ उनले भने ।
आइतबार कार्यपालिका बैठकमा आर्थिक विधेयक र आर्थिक ऐनमा छलफल गरी पारित गरेपछि अध्यक्ष देबकोटाले पूर्वाधार विकास शाखा अन्र्तगतको बजेटमा वडाका दुई योजनाका लागि मेयर बोगटीसित माग राखेका थिए ।ती दुई योजानमा लक्ष्मी माध्यमिक विद्यालयदेखि खैरभट्टी र शिव पार्वती टोलको सडक निर्माण छन् । ती दुई सडक निर्माणका योजनाका लागि माग राखेपछि वडा अध्यक्ष थापाले विरोध गरेपछि बैठकमा चर्काचर्की भएपछि बैठक छाड्ने अवस्था आएको हो ।
वडा अध्यक्ष देबकोटाले थापाले १८ नम्बर वडामा संघ र प्रदेश सरकारको बजेट पनि भएकाले बजेट दिनु नहुने भन्दै विरोध गरेको वडा अध्यक्ष देवकोटाले बताएका थिए ।


















Discussion about this post