सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

हाइड्रोसिल भएका बिरामीको कञ्चनपुरमा निःशुल्क शल्यक्रिया गरिने

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ असार १०, मंगलवार ११:३८
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
हाइड्रोसिल भएका बिरामीको कञ्चनपुरमा निःशुल्क शल्यक्रिया गरिने

सार्थक ब्यूरो । कञ्चनपुरमा हाइड्रोसिल भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने भएको छ।हाइड्रोसिल भएका बिरामीको महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ। विभिन्न स्थानमा हात्तीपाइलेसम्बन्धी स्क्रिनिङ शिविर सञ्चालन गरी हाइड्रोसिलको समस्या देखा परेका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने जनाइएको हो।
शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा सोमबार महाकाली प्रादेशिक अस्पतालले आयोजना गरेको हात्तीपाइलेसम्बन्धी स्क्रिनिङ शिविरमा २३ जनामा हाइड्रोसिलको समस्या देखा परेको छ।
अस्पतालका भेक्टर कन्ट्रोल अधिकृत दीपेन्द्र रावलका अनुसार हाइड्रोसिलको समस्या देखा परेका २३ मध्ये १० जनामा जटिल प्रकृतिको समस्या देखा परेका छन् भने १३ जनामा सामान्य किसिमको हाइड्रोसिल देखिएको उनँले बताए। “जटिल प्रकृतिको हाइड्रोसिलको समस्या देखा परेका १० जनाको महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था गरेका छौँ”, उनले भने, “शिविरमा पुगेका एक जना बालकको अण्डकोश जुन ठाउमा हुनुपर्ने हो त्यो ठाउँमा नरहेको पाइएको छ।
एक जना पुरुषको अण्डकोषमा मासु पलाएको पाइएको छ।”हाइड्रोसिल अण्डकोशको वरिपरि सुजन वा तरल पदार्थ जमेको अवस्थालाई भन्ने गरिएको महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले जानकारी दिए। उनका अनुसार हाइड्रोसिल शिशुमा जन्मअघि गर्भमा रहेकाबेला अण्डकोष पेटभित्रबाट तल झर्दा त्यसको वरिपरि पानी आउने नली खुला रहेको अवस्थामा हुन्छ। “जन्मपश्चात् पनि त्यो नली बन्द हुँदा पानी तल ओर्लिन्छ र अण्डाकोषको वरिपरि जम्मा हुँदा हाइड्रोसिल हुन्छ।
यस्तो अवस्थामा भएको समस्या एक/दुई वर्षमा आफैँ निको हुन्छ। बढी उमेरका पुरुषमा अण्डाकोषमा लागेको चोटका कारण पानी जम्मा हुँदा, अण्डकोष वा वरिपरि नलीमा सङ्क्रमण हुँदा, फाइलेरिया परजीविका कारण लिम्फ प्रणाली पानी बन्द भएर, हर्निया वा अण्डकोषसम्बन्धी शल्यक्रिया पछि हाइड्रोसिल देखापर्ने गर्दछ। हाइड्रोसिलका बिरामीको परीक्षण स्वास्थ्य चौकीमा रहेको अल्ट्रासाउन्डबाट गरिन्छ”, डा. भट्टले भने। हाइड्रोसिलको समयमा उपचार नभएमा हात्तीपाइले हुनसक्ने भएकाले समयमा रोगको पहिचान र निदान गरिनुपर्ने डा.भट्टले सुझाव दिए। हात्तीपाइले रोगको सङ्क्रमणका हाइड्रोसिल हुनसक्ने भएकाले सचेत हुनुपर्ने उनको भनाइ छ। लामखुट्टेले सार्ने फाइलेरिया परजीविको सङ्क्रमणबाट अधिकांशमा हाइड्रोसिलको समस्या देखा परेको स्क्रिनिङ शिविरमा सहभागी चिकित्सकले बताएका छन्।
“हाइड्रोसिल स्क्रिनिङ स्वास्थ्य प्रणालीको एक महत्त्वपूर्ण पक्ष हो, जसले फाइलेरियाजस्ता दीर्घकालीन रोगबाट हुने जटिलता नियन्त्रण गर्न सहयोग गर्छ”, चिकित्सक शिरिष अवस्थीले भने, “समयमा उपचार गर्न सकेमा पुरुषको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।”
तीन दशकदेखि हाइड्रोसिलको समस्या झेल्दै आएका शुक्लाफाँटा नगरपालिका–३ का धनिराम चौधरीले चिकित्सकले शल्यक्रिया गरेपछि सञ्चो हुने अश्वासन पाएपछि खुसी लागेको प्रतिक्रिया दिए। उनले भने, “शिविरमा जाँचपश्चात् निःशुल्क रूपमा शल्यक्रियाका लागि सिफारिस गरिएको छ, वर्षौंदेखि खेप्दै आएको पीडाबाट अब मुक्ति पाउने भएको छु।”
यसअघि अस्पतालले बेलडाँडी गाउँपालिमा आयोजना गरेको स्क्रिनिङ शिविरमा जाँचका लागि पुगेका बिरामीमध्ये १० जनामा हाइड्रोसिलको समस्या देखिएको जनाएको थियो। अस्पतालमा जाँच गराएका बिरामीमा हाइड्रोसिलको समस्या देखापरे निःशुल्क उपचार र शल्यक्रिया हुने प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्र भट्टले बताए। कतिपयलाई अस्पतालमा हाइड्रोसिलको उपचार र शल्यक्रिया निःशुल्क हुनेबारे थाहा नहुने भएकाले शिविरमार्फत जानकारी पनि दिने गरिएको उनले बताए।

Previous Post

 विपद् जोखिम न्यूनीकरणमा सबै सतर्क रहन मुख्यमन्त्री शाहको निर्देशन

Next Post

कैलाली–कञ्चनपुरबाट तीन जना फरार प्रतिवादी पक्राउ

Next Post
कैलाली–कञ्चनपुरबाट तीन जना फरार प्रतिवादी पक्राउ

कैलाली–कञ्चनपुरबाट तीन जना फरार प्रतिवादी पक्राउ

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.