कैलाली–कञ्चनपुरबाट तीन जना फरार प्रतिवादी पक्राउ

सार्थक ब्यूरो । कैलाली र कञ्चनपुरबाट तीन जना फरार प्रतिवादी पक्राउ परेका छन्।कैलालीको धनगढी उपमहानगरपालिका–१ क्याम्पसचोकका ३१ वर्षीय विवेक बराललाई प्रहरीले एक वर्ष कैद सजाय तोकिएको मुद्दामा पक्राउ गरेको छ।जिल्ला अदालत कञ्चनपुरले ४ मंसिर २०७८ मा लागू औषध (खैरो हेरोइन) मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैदको फैसला सुनाएको थियो। बराललाई उनको घरबाटै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
यस्तै, वेदकोट नगरपालिका–७ का ३७ वर्षीय मंगरु डगौरालाई पनि पक्राउ गरिएको छ। जिल्ला अदालत कञ्चनपुरले २०७२ भदौ ८ गते चोरी मुद्दामा एक महिना १५ दिन कैद र ९ हजार ९ सय ५५ रुपैयाँ जरिबाना तोकेको थियो। फरार रहेका डगौरालाई पनि प्रहरीले घरबाटै पक्राउ गरेको छ।
यस्तै, कैलालीको घोडाघोडी नगरपालिका–५ का ३१ वर्षीय दिनेश धामीलाई १६ वर्ष कैद तोकिएको मुद्दामा पक्राउ गरिएको छ। २०७२ चैत २१ गते जिल्ला अदालत कञ्चनपुरले आगोलगाई र गौवध मुद्दामा दोषी ठहर गर्दै उनलाई सजाय सुनाएको थियो।
नेपाल प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगरबाट खटिएको टोलीले उनलाई पनि असार ९ गते घरमै पुगेर पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार अभियुक्तलाई कानुनी दायरामा ल्याउन यस प्रकारका पक्राउ अभियानलाई अझ सशक्त बनाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित