सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट छलफल सुरु

सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट छलफल सुरु हुँदैछ । प्रदेश सभामा बजेटमाथि छलफलको लागि दिनको ४ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।
आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गएको असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित बजेट सदनमा प्रस्तुत गरेका थिए। प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपियाँ रहेको छ ।
जसमध्ये, चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९ प्रतिशत) र पुँजीगत तर्फ १९ अर्ब ८३ करोड दुई लाख छ हजार (५९.२५ प्रतिशत) बजेट विनियोजन गरिएको छ । यसैगरी, अन्तर वित्तीय हस्तान्तरतर्फ तीन अर्ब ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित