सार्थक ब्यूरो ।कैलाली जिल्लाका सबै १३ स्थानीय तहहरूले आगामी आर्थिक वर्षका लागि करिब १३ अर्ब २६ करोड १४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। असार १० गतेभित्र सबै पालिकाले आफ्नो नीति, कार्यक्रमसहितको बजेट सभा र कार्यपालिका बैठकमार्फत पारित गरेका हुन्।विकट पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाले असार ८ गते नै बजेट पारित गरिसकेको थियो। सो पालिकाले ६१ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।जिल्लामै सबैभन्दा बढी बजेट धनगढी उपमहानगरपालिकाले ल्याएको छ। सो नगरपालिकाले २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो।
त्यसैगरी, सबैभन्दा कम बजेट चुरे गाउँपालिकाले प्रस्तुत गरेको छ, जसको बजेट ५२ करोड ८७ लाख ९७ हजार रुपैयाँ रहेको छ।अन्य पालिकाहरूको बजेट टीकापुर नगरपालिका — ९३ करोड ३७ लाख ,गोदावरी नगरपालिका — १ अर्ब १८ करोड ४५ लाख ,कैलारी गाउँपालिका — ७२ करोड २५ लाख,जोशीपुर गाउँपालिका — ८३ करोड ८६ लाख ५९ हजार,जानकी गाउँपालिका — ९१ करोड ३७ लाख,लम्कीचुहा नगरपालिका — १ अर्ब २० करोड ९९ लाख,बर्दगोरिया गाउँपालिका — १ अर्ब २ करोड ९१ लाख,गौरीगंगा नगरपालिका — १ अर्ब १ करोड ७६ लाख,घोडाघोडी नगरपालिका — १ अर्ब १ करोड ४० लाख,भजनी नगरपालिका — ६८ करोड ७३ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
जिल्लाका कतिपय पालिकाहरूले गत वर्षको तुलनामा बजेट घटाएका छन्। केहीले प्राथमिकतामा आधारित विकास परियोजनामा खर्च केन्द्रित गर्दै बजेट ल्याएका छन् भने केही पालिकाहरूले आन्तरिक आम्दानी बढाउने योजना प्रस्तुत गरेका छन्।


















Discussion about this post