सार्थक ब्यूरो ।प्रधानमन्त्री केपी शर्मा ओली यही शनिबारदेखि स्पेनको औपचारिक भ्रमणमा जाँदैछन्। उहाँले स्पेनको राजधानी मड्रिडमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीले सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। भ्रमणका क्रममा उहाँले स्पेनका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। भेटमा नेपाल–स्पेन सम्बन्ध विस्तार, वैदेशिक सहयोग, व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धनका विषयमा छलफल हुने बताइएको छ।
सरकारी स्रोतका अनुसार भ्रमण अवधिमा नेपाल र स्पेनबीच केही महत्त्वपूर्ण समझदारीपत्र ९ःयग्० मा हस्ताक्षर हुने सम्भावना रहेको छ।
प्रधानमन्त्रीको कार्यतालिकाअनुसार सम्मेलनमा सहभागी अन्य देशका नेताहरू, कूटनीतिज्ञ तथा स्पेनमा रहेका नेपाली समुदायसँग पनि प्रत्यक्ष भेटघाट र अन्तरक्रिया हुनेछ।
सरकारको विश्वास छ कि यस अन्तरक्रियाबाट नेपालप्रति लगानीकर्ताको विश्वास अभिवृद्धि हुने र पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक सन्देश जानेछ।
प्रधानमन्त्री ओलीको यो युरोप भ्रमणलाई कूटनीतिक वृत्तले नेपाल–स्पेन सम्बन्ध सुदृढ पार्ने, आर्थिक कूटनीति सक्रिय बनाउने र विकास साझेदारीलाई गहिर्याउने अवसरको रूपमा लिएको छ।
हालै युरोपमा नेपालले व्यापार र लगानी प्रवर्द्धनमा केन्द्रित रणनीति अघि सारेको सन्दर्भमा प्रधानमन्त्रीको यो भ्रमण विशेष महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।


















Discussion about this post