एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

सार्थक ब्यूरो । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज ९शुक्रबार० साँझ ६ बजे प्रकाशित हुने भएको छ ।
केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले जानकारी दिनुभयो । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित