सार्थक डेस्क।नेकपा एमालेको समकालीन यात्रा एक महत्वपूर्ण घुम्तीमा पुगेको छ।एका तिर सिद्धान्त निष्ठ कार्यकर्ता छन जस्ले पार्टि निर्माणको मात्र चिन्ता गर्दछन अर्काे तिर अवसरवादी जमात छ । हरेक तालमा नाच्न जान्दछन । चाकरी चापलुसि सबै गर्दछन । नेतृत्व वरीपरी घुम्दछन । अर्काको आलोचना र कटानी गर्दछन । ईदुई थरी कार्यकर्ता बोकेर “मिसन ८४” को नारासहित पार्टीले संघीय निर्वाचनमा विजय प्राप्त गर्ने लक्ष्य लिएको छ। यो लक्ष्यको सन्देश स्पष्ट छ—संगठित, सिद्धान्तमा अडिएको, जनअपेक्षा सम्बोधन गर्ने, र विकल्पहीन शक्ति बन्ने। तर प्रश्न उठ्छ—के पार्टीको आन्तरिक संरचना र प्रवृति त्यस लक्ष्यको योग्यता राख्दछन ।
नेकपा एमालेमा आज पनि त्यस्ता कार्यकर्ता छन्, जो जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवाद लाई केवल भाषणको मसला होइन, राजनीतिक जीवनको आधार मान्दछन । उनीहरू राजनीतिलाई सैद्धान्तिक प्रतिबद्धता र जनसेवाको माध्यम मान्दछन ।, गुट, सौदाबाजी र व्यक्तिगत लाभभन्दा माथि उठेर काम गरिरहेका देखिन्छन । यस्ता कार्यकर्ता पार्टी निर्माणको चिन्तामा छन्—संगठन बलियो बनोस्, सिद्धान्तको अखण्डता कायम रहोस्, र जनताको विश्वास जित्न सकियोस् ।
तर विडम्बना के छ भने—पार्टीभित्र केही अवसरवादी प्रवृत्तिहरू अझै पनि गुट निर्माण, शक्ति सन्तुलनको व्यापार, र नेतापूजक मानसिकतामा अल्झिएका छन्। चुनावी तयारीको सट्टा आफ्नो समूह सशक्त कसरी बनाउने भन्ने चिन्तामा रमाइरहेका देखिन्छन। पार्टि चुनाव जितोस अथवा न जितोस म जिते हुन्छ भन्ने भाषमा रहेका दखिन्छन । राजनीतिक संगठनभित्र बहस र वैचारिक भिन्नता स्वाभाविक हो, तर गुटबन्दी र वैयक्तिक स्वार्थलाई संस्था माथि राख्नुले “मिसन ८४” लाई केवल नाराको सीमामा पुर्याउन सक्छ। जसतर्फ नेतृत्व सजग हुन आवश्यक छ । निष्ठावान कार्यकर्ता को पहिचान जरुरी छ । त्यसो गरिएन भने नाराले मात्र जनविस्वास प्राप्त गर्न सकिदैन भन्ने कुरा नेतृत्वले बुझ्न जरुरी छ । अहिले आएर गम्भीर चिन्ताको विषय के बनेको छ भने—यस्ता प्रवृत्तिहरू अहिले स्थानीय तहदेखि केन्द्रीय तहसम्म सशक्त बन्दै गएका छन्। संगठनका निष्ठावान कार्यकर्ता पन्छाइँदै छन्, तर अवसरवादीहरूले सञ्जाल विस्तार गरिरहेका छन्। यस्तो प्रवृत्तिले पार्टीलाई केवल चुनावी मेसिन बनाउने खतरा छ, सिद्धान्तहीन, भावशून्य र जनआकांक्षासँग टाढा गराउछ ।
“मिसन ८४” सफल बनाउने हो भने नेकपा एमालेले तीन ठूला काम गर्नैपर्छ । गुट र अवसरवादका विरुद्ध संगठनभित्र कठोर अनुशासन लागू गरेर पार्टि अनुसान कायम राख्ने । सिद्धान्तमा अडिएका कार्यकर्तालाई अघि ल्याएर संगठनको नेतृत्वमा स्थापित गराईनु पर्दछ । जनतासँग प्रत्यक्ष सम्बन्ध बनाउने अभियानलाई प्राथमिकतामा राखी केवल नारामा सीमित नगरी व्यवहारमा जनता बिच देखिन जरुरी छ ।
अहिले ढिलो भएको छैन। नेकपा एमाले अझै पनि नेपालको राजनीतिमा परिवर्तनकारी शक्ति बन्न सक्छ, यदि पार्टीभित्रै सुधारको साहस देखाइयो भने। सिद्धान्त निष्ठ कार्यकर्ताहरूलाई निराश तुल्याउने होइन, उत्साहित तुल्याएर अग्रपंक्तिमा राख्ने हो भने “मिसन ८४” केवल चुनावी रणनीति होइन, जनताको आशा र परिवर्तनको यथार्थ बन्न सक्दछ । परिवर्तनको यथार्थ बन्नका लागि जनताका जनजिविका सँग भाषणले होईन व्यवहारले देखाउन सक्नु पर्दछ । जनतासँग गरेका वाचा पुरा गर्ने व्यवहार देखिन आवश्यक छ । जनतामा अहिले पर्न गएको अविस्वासलाई तोड्न सक्नु पर्दछ । जनतामा परेको अविस्वास तोड्नका लागि निष्ठावान कार्यकर्ता सबै परिचालन हुन जरुरी छ । त्यस्तो गर्नका लागि कार्यकर्ताको उचित मुल्यंकन र व्यवस्थापन आवश्यक छ । नेतृत्वले यो सन्तुलन कायम गर्न सक्ने क्षमता प्रदर्शन गर्न सक्नु पर्दछ ।


















Discussion about this post