महेन्द्रनगरमा लागुऔषध दुरुपयोग र ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस समापन

सार्थक ब्यूरो ।कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरस्थित मदन चोकमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२५ औपचारिक कार्यक्रमसहित समापन गरिएको छ। असार ६ गतेदेखि शुरु भएको साप्ताहिक जनचेतनामूलक अभियान विभिन्न संघसंस्थाको समन्वयमा सञ्चालन गरिएको थियो।
समापन समारोहको अध्यक्षता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले गर्नुभयो। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) खडकबहादुर खत्रीले जिल्लामा लागुऔषधको अवस्था, चुनौती र रोकथामका उपायसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो।
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीले लागुऔषधको स्वास्थ्य असर तथा पुनःस्थापनाका उपायबारे प्रकाश पार्नुभयो। कार्यक्रममा गैसस महासंघका केन्द्रिय उपमहासचिव एवं नागरिक समाज कञ्चनपुरका संयोजक भवराज रेग्मी, शसस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र देव भट्ट, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, खेलाडी तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
जनचेतनामूलक सन्देश प्रेषण गर्ने उद्देश्यले स्थानीय देउडा गायक लालबहादुर धामीले सांगीतिक प्रस्तुति दिनुभएको थियो। कार्यक्रमको सञ्चालन नागरिक समाज कञ्चनपुरका सचिव प्रभुनिधि पन्तले गर्नुभयो।
साप्ताहिक अभियानका क्रममा गैसस महासंघ, स्वीट नेपाल, निडस, संजीवनी नेपाल, एनएनएसडब्लुए, द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्र, माइती नेपाल, शान्ति पुनःस्थापना केन्द्र लगायतका संस्थाहरूले विद्यालय, समुदाय र सार्वजनिक स्थानहरूमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेका थिए।
कार्यक्रम आयोजकहरूले समाजमा लागुऔषध दुव्र्यसनको असरलाई न्यूनीकरण गर्न सतत प्रयास गर्नुपर्ने, सरकारी संयन्त्र र नागरिक समाजबीच समन्वय आवश्यक रहेको, र युवालाई लक्षित सचेतनामूलक अभियान अझ व्यापक बनाइनुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित