ईश्वर पोखरेलको उदघोष : विद्या भण्डारी राजनीतिक मान्छे हुन्, जिम्मेवारी सल्लाहले तय हुन्छ

सार्थक ब्यूरो । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक भूमिकाबारे खुलेर समर्थन जनाउनु भएको छ।
शनिवार काठमाडौंमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको स्मृति समारोहलाई सम्बोधन गर्दै पोखरेलले पूर्वराष्ट्रपति भण्डारी राजनीतिक व्यक्तित्व भएको उल्लेख गर्दै राजनीतिमा पुनः सक्रिय हुनु अस्वाभाविक नभएको स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, “दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभयो। राजनीतिक मान्छे हो, राजनीतिमा रुचि हुन्छ। कुनै अनौठो कुरा होइन।”पूर्वराष्ट्रपतिले पार्टीमा कुन जिम्मेवारी लिने भन्ने कुरा आन्तरिक सल्लाह र समझदारी अनुसार टुंगिने पोखरेलले बताउनुभयो।“कुन जिम्मेवारी लिने भन्ने कुरा जे सल्लाह र समझदारी हुन्छ, त्यहीअनुसार हुन्छ,” उहाँले स्पष्ट पार्नुभयो।
पार्टीभित्र विद्या भण्डारीको पुनः भूमिकाको विषयमा पछिल्लो समय चर्चा चलिरहेका बेला वरिष्ठ नेता पोखरेलको यस्तो धारणा आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित