नेकपा (एमाले)मा गुटबन्दी अन्त्य हुनुपर्नेमा सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्टको जोड

सार्थक ब्यूरो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
मदन भण्डारी फाउन्डेसनले शनिवार सुखडमा ‘जनतासँग जबजको सान्दर्भिकता’ विषयमा आयोजना गरेको विचारगोष्ठीमा उनले पार्टीभित्रको गुटबन्दी अन्त्य हुनुपर्ने र एकता कायम गर्नुपर्नेमा बताए। उनले एमाले कमजोर हुँदा देश विकासका गतिविधि प्रभावित हुने बताए। सचिव भट्टले भने, हामीले जनताको बहुदलीय जनवाद भनिरहेका छौँ तर त्यसलाई व्यवहारमा उतारेका छौँ या छैनौँ समीक्षा गर्नुपर्ने बेला भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित