तीनै तहका सरकारको सामथ्र्य बढाउन: महासचिव पोखरेलका सात सुझाव

सार्थक ब्यूरो । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रिय हुनका लागि राज्यले नधान्ने माग राख्नु अनुचित भएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले विकास र समृद्धिका लागि तीनै तहका सरकारलाई आफ्नो सामथ्र्य बढाउन आग्रह गर्नुभएको छ । पोखरेलले सरकारलाई सामथ्र्य बढाउनका लागि सातवटा सुझाव दिनुभएको छ ।
आज विहान सामाजिक सञ्जालमा लेख्दै पोखरेलले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनु सरकारको सामथ्र्य बढाउने पहिलो प्रयास हुने उल्लेख गर्नुभएको छ । यसैगरी राजश्व परिचालन गरी स्रोत वृद्धिको प्रभावकारी योजना बनाउन पनि उहाँले तीनै तहका सरकारलाई सुझाउनु भएको छ । महासचिव पोखरेलले तोकिएको समयमा योजना अनुसारको कार्यसम्पादनमा जोड दिन पनि उहाँले आग्रह गर्नुभएको छ । महासचिव पोखरेलले सरकारहरुले सुचना प्रविधिको अधिकत्तम प्रयोग गरेर सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन सुझाव दिनुभएको छ । यसैगरी मागमा आधारित भन्दा योजनामा आधारित कार्यक्रमलाई जोड दिन पनि पोखरेलले जोड दिनुभएको छ । महासचिव पोखरेलले सरकारहरुले आफूले गरेका कामको अभिलेखिकरण र मूल्यांकन प्रकृयालाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।
यी सबै काम गर्न आफ्नो तहको प्रशासनिक र संरचनागत सुधार गर्दै कार्य दक्षता र जवाफदेहिता अभिवृद्धिमा जोड दिनुपर्ने महासचिव पोखरेलले उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित