कञ्चनपुर उद्योग बाणिज्य संघमा ६ महिना कार्यकाल थप्ने निर्णयपछि किचलो

सार्थक ब्यूरो । कञ्चनपुर उद्योग बाणिज्य संघको वर्तमान कार्य समितिको ६ महिने कार्यकाल थप गर्ने निर्णयपछि समिति सदस्य कृृष्ण प्रसाद पाठक राजीनामा दिएर बाहिरिएका छन् ।
संघको वर्तमान समितिको असारमा तीन वर्षे कार्यकाल सकिएपछि समितिको ६ महिने कार्यकाल थप गरिएको छ । समितिको कार्यकाल थप गर्ने विषयमा विमति राखेर कार्य समिति सदस्य पाठक बाहिरिएका हुन् ।
कार्य समिति सदस्य पाठकले गत जेठमा समितिको असारमा कार्यकाल सकिन अगावै नयाँ समितिको चयन प्रक्रियामा जानु पर्ने माग राखेका थिए । पाठकको माग सुनवाई नगरी कार्यकाल थप गर्ने निर्णय गरिएपछि उनले राजीनामा दिएका हुन् ।
संघको विधानमा विशेष परिस्थितमा संघको कार्यकाल ६ महिना थप गर्न सकिने प्रावधान छ । त्यस विधानका आधारमा समितिको ६ महिने कार्यकाल थप गरिएको छ ।
कार्य समिति सदस्य पाठकले भने समितिको कार्यकाल थप गर्ने निर्णय हुन लागेपछि जेठमै राजीनामा दिएका थिए । संघको ४४ औं कार्य समिति बैठकले पाठकको राजीनामा स्वीकृत गरिएको संघका एक पदाधिकारीले जानकारी दिए ।
संघका पूर्व महासचिव समेत रहेका पाठकले पनि आफूले ६ महिने कार्यकाल थप गर्ने निर्णयपछि नैतिताको आधारमा राजीनामा दिएको बताए ।
‘विधानमा विशेष परिस्थितिमा ६ महिने कार्यकाल थप गर्ने व्यवस्था छ, त्यो भनेको भूकम्प, महाकारी, दैवी प्रकोप लगायत अन्य काबु बाहिरका परिस्थित हुन्, अहिले त्यस्तो केही पनि छैन’ उनले भने,‘यस्तो अवस्थामा विधानको अपब्याख्या गरी कार्यकाल थप्नु हुँदैन भन्ने थियो, यो नैतिकताले पनि थप्न सकिने विषय थिएन, त्यही भएर मैले राजीनामा दिएर आए ।’
कार्य समिति बैठकमा पाठकले कार्यकाल थप्नुको औचित्यबारे नेतृत्व सहित पदाधिकारीलाई बैठकमा सोधका थिए । बैठकका सहभागीहरुका अनुसार विधानको व्यवस्था भएको र विगतदेखि थपिँदै आएको थप गर्न लागिएको तर्क राखेका थिए ।पाठकले बैठकमा पनि पूर्व अध्यक्ष सुरेश रावलको कार्यकाल थप नगरिएको जानकारी गराएका थिए ।
तीन वर्ष अघि २०७९ असार २६ गते भएको संघको १७ औं कार्य समिति निर्वाचनबाट पिताम्बर जोशीको नेतृत्वमा कार्य समिति निर्वाचित भएको थियो ।
संघका पूर्व अध्यक्ष गणेशदत्त जोशीलाई पराजित गरी जोशी निर्वाचित भएका थिए । उनी त्यस अघि संघका वरिष्ठ उपाध्यक्ष थिए । उनी संघमा कार्य समितिबाट वरिष्ठ उपाध्यक्ष भएर नेतृत्वमा पुगेका हुन् ।
संघको उपाध्यक्षमा धर्मसिंह रावल, महासचिव खगेश्वरप्रसाद बोहरा निर्वाचित भएका थिए । संघको वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल, उपाध्यक्ष सुरेश गुरुङ, सचिव राहुल भट्ट, कोषाध्यक्ष चेतराज जोशी निर्विरोध निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित