सार्थक ब्यूरो । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बिच आज वान टु वान वार्ता भएको छ ।आइतबार एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा उहाँहरू बिच वार्ता भएको हो । भण्डारीले पार्टीको सक्रिय राजनीतिमा आउने घोषणा गरेपछि दुई नेता बिच आज वार्ता भएको हो । यस अघि पार्टी सचिवालय बैठक र पोलिटब्युरो बैठकले उहाँसँग छलफल गरेपछि मात्र उहाँलाई पार्टीको सक्रिय राजनीतिमा कस्तो भूमिका दिने भन्ने विषयमा निर्णय हुने भन्दै उहाँको सदस्यता होल्डिङ राखिएको थियो ।
वार्ता सकेर बाहिर निस्कनु भएकी पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक विषयमा छलफल भएको छोटो प्रतिक्रिया दिनुभयो । उहाँले सञ्चारकर्मीसँग थप कुरा गर्नुभएन । उहाँहरू बिच करिब २ घण्टा बढी छलफल भएको थियो ।


















Discussion about this post