सार्थक ब्यूरो । निर्वाचन आयोगले रूपन्देही क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। आइतबार बसेको बैठकले स्वीकृत गरेको कार्यक्रमअनुसार उम्मेदवार मनोनयन दर्ता असोज २१ गते हुनेछ।
निर्वाचन आयोगका अनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सक्नेछन्। सोही दिन बेलुका ५ बजेदेखि १० बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ।
असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म नामावलीमा समावेश उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय तोकिएको छ। त्यसपछि उजुरीको छानबिन तथा निर्णय असोज २२ को दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म हुनेछ। असोज २३ गते बेलुका ५ बजेदेखि ९ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ।
असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ भने ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
निर्वाचन कार्यतालिकाअनुसार कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रहरूमा मतदान हुनेछ। आयोगकी सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले यो जानकारी दिएकी हुन्।


















Discussion about this post