साइकल र मोटरसाइकल आपसमा ठोक्किँदा कञ्चनपुरमा एक जनाको मृत्यु

सार्थक ब्यूरो । कञ्चनपुरमा साइकल र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।आइतवार राति भएको दुर्घटनामा मोटरसाइकल चालक बेदकोट नगरपालिका–९ कृषि चोक बस्ने वर्ष ३५ का श्याम दमाई मृत्यु भएको हो। म २ प ४९९७ नम्बरको मोटरसाइकल र साइकल कृषि चोकमा आपसमा ठोक्किँदा चालक दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार घटनापछि बेपत्ता रहेका साइकल चालकको खोजतलास भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित