वन अधिकृत यादव ७ लाख बढी घुससहित रंगेहात पक्राउ

सार्थक ब्यूरो ।गुरुयोजना, वन क्षेत्र संरक्षण र पारदर्शिताको नाममा जनतामाथि सेवा दिने भनिएका वन कर्मचारी स्वयं भ्रष्टाचारमा लिप्त रहेको तथ्य फेरि उजागर भएको छ। कञ्चनपुरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई ७ लाख ३१ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो।
यादवले कैलालीको चुरे गाउँपालिका–६ अन्तर्गतको ग्वासी सामुदायिक वनको घाटगड्डी गरिएको काठको विमर्का तथा छोडपुर्जी दिने प्रयोजनमा सेवाग्राहीसँग घुस मागेका थिए। प्राप्त उजुरी र सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई कार्यालयमै घुस लिँदै गरेको अवस्थामा समातेको हो।
अख्तियारका अनुसार उनीसहित अन्य केही वन कर्मचारीहरू पनि भ्रष्टाचारमा संलग्न हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। सेवाग्राहीहरू घुस दिन बाध्य हुनु, प्रकृतिका नाममा घूसखोरी बढ्नु र कानुनको धज्जी उडाइनुले वन क्षेत्रको साखमै गम्भीर प्रश्न उठाएको छ।
अहिले यादव अख्तियारको नियन्त्रणमा छन् र थप अनुसन्धान जारी रहेको छ।
यस घटनाले सरकारी निकायमा सेवा प्रवाहभन्दा बढी स्वार्थ प्रवाह हुने अवस्थालाई देखाएको छ। सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूबाट यस्ता कार्य हुनु दुःखद मात्र नभई आपराधिक पनि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित