सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

हप्ता दिन नबित्दै उप्कियो पिच कञ्चनपुरको पुनर्वासमा

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ श्रावण ७, बुधबार ८:१९
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
हप्ता दिन नबित्दै उप्कियो पिच कञ्चनपुरको पुनर्वासमा

सार्थक ब्यूरो । कञ्चनपुरको पुनर्वास नगरपालिकामा निर्माण गरिएको सडक एक हप्ता नबित्दै कालोपत्रे उप्किन थालेको छ। पुनर्वास नगरपालिका–९, बिचफाँटामा निर्माण गरिएको सडकको ठाउँ–ठाउँमा कालोपत्रे उप्किन थालेको हो।
सुदूरपश्चिम प्रदेश सरकारको १६ करोड २६ लाख १७ हजार लगानीमा झन्डै १७ किलोमिटर सडक कालोपत्रे गरिएको थियो। कमसल सामग्रीको प्रयोग गरेर सडक कालोपत्रे गरिएको भन्दै स्थानीयले सडक मर्मत गरिनुपर्ने माग राखेका छन्।
स्थानीय लोकराज गिरीले वडा नम्बर ९ स्थित बिचफाँटादेखि त्रिभुवन बस्तीसम्म कालोपत्रे गरिएको सडकको कालोपत्रे उप्किन थालेको बताए। सडकको मर्मत र पुनर्निर्माणका लागि ठेकेदारसँग आग्रह गरिए पनि बेवास्ता गरेको उनले बताए।
ठेकेदारको चरम लापर्बाहीका कारण सडकको कालोपत्रे उप्कन थालेको स्थानीय अनिल सुनारले बताए। चालु आर्थिक वर्षको अन्तिमतिर हतार हतारमा उक्त सडकको कालोपत्रे गरिएको उनले बताए। असारको समयमा चाँडै काम सकेर भुक्तानी लिन हतार गर्दा कमसल सडक निर्माण गरिएको उनले आरोप लगाए।
ठुला सवारीसाधन चलाउँदा उक्त सडक महिना दिनमै भत्कने भन्दै स्थानीयले सडक मर्मत, पुनर्निर्माण र गुणस्तरहीन सडक निर्माण गर्नेलाई कारबाहीको मागसमेत गरेका छन्। पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माले नागरिकस्तरबाट गुणस्तरहीन सडकबारे समय९समयमा गुनासो आउने गरेको बताए।
नगरप्रमुख शर्माले प्रदेश सरकारले पुनर्वासमा सडक निर्माण गर्दा गुणस्तरमा ध्यान नदिएपछि स्थानीयमा आक्रोश देखिएको बताउनुभयो । सडकको गुणस्तरीय मापदण्ड अनुरूप सडक निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने नगरप्रमुख शर्माले प्रतिबद्धता जनाएका छन्।
निर्माण गर्नुपर्ने जिम्मा पाएको कम्पनीले भने अझै सडक निर्माणको म्याद थप भएकाले मर्मत गरिने जनाएको छ। पूर्वाधार विकास कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७९÷८० मा शङ्करजोशी जेभीलाई २०८१ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी जिम्मेवारी दिएको थियो। असार मसान्तमा काम पूरा गर्ने जिम्मेवारी दिए पनि पुस मसान्तसम्म म्याद थप गरिएको जनाइएको छ। सडकको कालोपत्रे भत्किन थालेको भन्नु गलत भएको कार्यालयले जिकिर गरेको छ।
स्थानीयले हातले भत्काएको तर, सडक आफैँ भत्किन थालेको भन्ने गलत कुरा रहेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले बताए। सडकमा ठुला गाडी नचल्दा समस्या भएको उनले बताएका छन्।
सडक गुणस्तरीय निर्माण भए, नभएको बारे स्थलगत अनुगमन गरिने उनले बताएका छन्। हालसम्म उक्त सडकको ७० प्रतिशत मात्रै निर्माण भएको छ। सो सडक कहीँ कतै भत्किएको भए पुनर्निर्माणका लागि निर्माण कम्पनीलाई पत्राचार गरिएको कार्यालयले बताएको छ।

Previous Post

दोधाराचाँदनी सुक्खा बन्दरगाहको काम सुरु :सुदूरपश्चिममै आर्थिक समृद्धिको ढोका खुल्ने आशा

Next Post

भिमदत्त नगरपालिकाको निर्देशनविरुद्ध अस्थायी शिक्षकहरूको अल्टिमेटम

Next Post
भिमदत्त नगरपालिकाको निर्देशनविरुद्ध अस्थायी शिक्षकहरूको अल्टिमेटम

भिमदत्त नगरपालिकाको निर्देशनविरुद्ध अस्थायी शिक्षकहरूको अल्टिमेटम

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.