‘पेपरलेस’ बन्दै शुक्लाफाँटाका तीन स्वास्थ्य संस्था

सार्थक ब्यूरो । शुक्लाफाँटा नगरपालिकाभित्रका तीन स्वास्थ्यचौकीमा विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीअन्तर्गत ‘पेपरलेस’ सेवा सञ्चालन गरिएको छ। बिरामीले पर्चा नकाटिकनै कम्प्युटरमा नाम दर्ता गराएका आधारमा उपचार सेवा पाउने व्यवस्था मिलाइएको छ।
नमूनाका रूपमा पिपलाडी, झलारी स्वास्थ्यचौकी र वडा नं ५ स्थित आधारभूत स्वास्थ्यचौकीमा प्रणाली लागू गरिएको छ। यी संस्थामा सेवा प्रवाहको प्रभावकारिता हेरेपछि अन्य स्वास्थ्यचौकीमा पनि क्रमशः यो प्रणाली विस्तार गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिए। “अब बिरामीलाई पर्चा लिएर लाइन बस्नुपर्ने छैन”, भट्टले भने, “कम्प्युटरमा विवरण दर्ता भएसँगै बिरामीले कुन ठाउँमा चेकजाँच गर्ने, औषधि कहाँबाट लिने, चिकित्सक कहाँ भेट्ने भन्ने सबै जानकारी डिजिटल माध्यमबाट पाइनेछ।”
भट्टका अनुसार, यो प्रणालीले स्वास्थ्यसम्बन्धी तथ्याङ्कको डिजिटल अभिलेखन, विश्लेषण र रिपोर्टिङ सहज बनाउँछ। स्वास्थ्य सेवा प्रभावकारिता, सेवा उपयोग दर, कर्मचारी मूल्याङ्कनलगायत पक्षमा सुधार हुने अपेक्षा गरिएको छ। उनका अनुसार यस डिजिटल प्रविधिले नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाबाट तथ्याङ्क एकीकृत रूपमा सङ्कलन गर्न सकिने भएकाले तथ्यमा आधारित निर्णय प्रक्रिया सहज हुने भएको छ। साथै, मासिक रिपोर्ट पनि सजिलै तयार पार्न मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित