भारतको राजधानी नयाँ दिल्लीमा भारी वर्षाः सडकहरू जलमग्‍न , रेड अलर्ट जारी

सार्थक ब्युरो। भारतको राजधानी नयाँ दिल्लीमा भारी वर्षा भएको छ। दिल्लीसँग जोडिएका क्षेत्रहरुमा भारी वर्षा भइरहेको छ। गाजियाबाद,नोएडा,ग्रुरुग्राम,फरीदाबाद र ग्रेटर नोएडामा मुसलधारे वर्षा भइरहेको छ।
भारी वर्षका कारण सडकहरू पानीले भरिएका छन्। जसले गर्दा धेरै क्षेत्रमा ट्राफिक जाम भएको छ।भारी वर्षा भएपछि मौसम विभागले दिल्ली एनसीआरमा रेड अलर्ट जारी गरेको छ। देशका धेरै भागहरूमा मनसुनी वर्षाले विनाश मच्चाइरहेको छ। मौसम विभागले बिहार,बंगाल,राजस्थान, महाराष्ट्रलगायत देशका धेरै भागहरूमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित