बाघको आक्रमणमा परि एक जना गम्भीर घाइते

सार्थक ब्युरो। अछाममा बाघको आक्रमणबाट एक जना व्यक्ति गम्भीर घाइते भएका छन्। ढकारी गाउँपालिका–४ स्थायी घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–१ मा बसोबास गर्दै आएका ४९ वर्षीय धर्मसिंह थापा शनिबार दिउँसो बाघको आक्रमणमा परेका हुन्।

थापा आफ्नो ससुराली दाउन्मोरा गाउँबाट घर फर्कने क्रममा बसन्त सामुदायिक वनअन्तर्गत पर्ने बुकखोला डाँडामा दिउँसो करिब ३ बजेतिर बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ।
आक्रमणका क्रममा थापाको दुवै गाला, टाउको र बायाँ हातको पाखुरामा गम्भीर चोट लागेको जनाइएको छ।

घाइते थापालाई तत्काल उद्धार गरी जिल्ला अस्पताल मंगलसेनमा उपचारका लागि लगिएको छ। अचानक बाघको आक्रमण भएपछि त्यस क्षेत्रका स्थानीयवासी त्रासमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित