सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

एनजिओ र सहकारीबाट लालझाडीका किसान ठगिदा तीनै सरकार चुपचाप

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ श्रावण २२, बिहीबार २:२८
in Breaking (With Image), Uncategorized, आर्थिक समाचार, समाचार, सुदूरपश्चिम प्रदेश
0
एनजिओ र सहकारीबाट लालझाडीका किसान ठगिदा तीनै सरकार चुपचाप

कञ्चनपुर । कञ्चनपुरको लालझाडीका किसान आफ्नै सहकारी र चुरो नेपाल नामक एनजिओबाट ठगिएका छन । ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिन्छु भन्दै किसानबाट उनीहरुकै सहकारी मार्फत रकम संलकन गर्न लगाएपछि सयौँ किसान ठगिएका हुन ।

अनुदानमा कृषि समाग्री पाईने भन्दै अनमोल कृषि सहकारी र दोदा साना किसान सहकारीले आफ्नै शेयर सदस्य किसानबाट करोडौँ रकम सकलन गरेको थियो ।

गत बर्ष दुवै सहकारीले झण्डै साढे ३ सय किसानबाट अढाई करोड रकम संकलन गरेपनि किसानलाई कृषि समाग्री दिलाउन सकेका छैनन । अनमोल कृषि सहकारीले १सय १० किसानबाट ४८ लाख, ४६ हजार बढि र दोदा साना किसान सहकारीले अढाई सय किसानबाट १ करोड, ९३लाख बढि रकम संकलन गरेका थिए ।

आफ्नै खेतबारीमा उत्पादन भएको कृषि उपज बिक्रि वितरणदेखि सहकारी, बैंक, आफन्तबाट ऋण निकालेर कृषि समाग्री खरिदका लागि सहकारीलाई अग्रीम पैशा बुझाएका किसानको अहिले विचल्ली भएको छ ।

अग्रीम पैशा बुझाएका किसानलाई न समान न पैशा फिर्ता दिईएपछि उनीहरु समस्यामा परेका छन । अनुदानमा कृषि समाग्री पाउने आशमा रहेका झण्डै साढे ३ सय किसानले लालझाडीको अनमोल कृषि सहकारी संस्था र दोदा साना किसान सहकारीमा पैशा बुझाएको एक बर्ष वितिसक्दा पनि कृषि समाग्री नपाएपछि किसान आन्दोलित भएका छन ।

बुधबार सहकारीका उपभोक्ता एव ठगिएका किसानले दुवै सहकारीको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन । उनीहरुले माफुहरुको पैशा फिर्तादेखि समान नपाउँदासम्म ताला नखोल्ने चेतावनी दिएका छन ।

लालझाडीका युवा किसान अर्जुन चौधरीले दोदा साना किसान सहकारी मार्फत कृषि समाग्री पाईने भएपछि ऋण निकालेर ९५ हजार रकम बुझाएका थिए । चौधरीले पावरटिलर, पानी तान्ने मोटर, घाँस काट्ने चारा मेसिनका लागि ९५ हजार रुपैया बुझाएपनि अहिलेसम्म न समान न रकम फिर्ता पाएको दुखेसो पोखेका छन ।

‘हामी ग्रामिण भेगका किसान माथि यस्तोे अन्याय भयो, कसैले न्याय दिएन, ‘उनले भने, ‘किसानबाट सहकारीले रकम संकलन गरेको हो, हामीले पनि सहकारीमै रकम बुझाएका हौँ, सुरो नेपाल एनजिओलाई जान्दैनौँ, अब सहकारीले नै रकम फिर्ता दिलाउनुपर्छ ।’ अर्का किसान खडक रानाले आफुले अनमोल किसान सहकारीमै गएर रकम बुझाएको बताए ।

स्वदेशमै कृषि कार्य गरेर केही गर्न सकिने आशले उनले आधुनिक कृषि औजार खरिद गरेर कृषि गर्न खोजेको पनि ठगिएपछि समस्यामा परेको दुखेसो पोखे । ‘मैले पावर टिलरका लागि सहकारीमै गएर कर्मचारीलाई ७५ हजार रुपैया बुझाएको हुँ, ‘उनले भने, ‘रकम दिएपनि समान दिएको छैन, समान माग्न गएपछि सहकारीले सुरो नेपालबाट आएको छैन भनेर जवाफ आउँछ ।’

किसान गोबिन्द राम चौधरीले आफ्नै सहकारीबाट ठगिएपछि अरुलाई के दोष दिनु भन्दै दुखेसो पोखेका छन । बाह्यबाट आएको चुरो नामक एनजिओको भर पर्दा आफुहरु अन्याय परेको र सहकारीको समेत खास खस्किएको बताए । उनले पनि सहकारीका पावर टिलर घाँस काट्ने मेसिनका लागि ९५ हजार रकम बुझाएपनि न समान न रकम फिर्ता पाएको बताए ।

अर्का किशान रतन सिह रानाले चुरो नेपालले किसानबाट लाखौँ रकम संकलन गरेर आफुहरुको विचल्ली बनाएको बताए । उनले किसानलाई कृषि समाग्री दिन्छु भन्दै किसानबाट लाखौँ रकम संकलन गरेर केही मान्छेहरु विदेश भ्रमणमा समेत घुम्न गएको बताए । किसानबाट संकलन भएको रकम केही सुरो नेपाल लालझाडीका स्थानीय एजेन्ट, सहकारीदेखि व्यक्तिहरुले दुरुपयोग गरेको दावि गरेका छन ।

किसानहरुले आफुहरुले न्याय नपाउँदासम्म सहकारीमा लगाएको ताला नखोल्ने चेतावनी दिएका छन । तालाबन्दीका कारण दुवै सहकारीको कामकाज प्रभावित भएको छ । अनमोल कृषि सहकारी संस्थाका व्यवस्थापक खडक रानाले सुरो नेपाल नामक एनजिओले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिन्छु भन्दै ६३किसानबाट पावर टिलरका लागि ७५ हजार र ४८ किसानबाट पानीतान्ने मोटरका लागि १२ हजारका दरले संकलन भएैको ४८लाख, ४६ हजार रकम सुरो नेपालकै खातामा पठाईदिएको बताए ।

उनले सहकारीले किसानले दिएको रकम हिनामिना नगरेको दावि गर्दै ४०पानी तान्ने मोटरमात्रै आएको बताए । आफुहरुलाई समान नदिएपछि सुरो नेपालका अध्यक्ष शुशिला खडका, सहयोगी सुनिता चौधरी, टीकाराम चौधरी र नवराज ओझा बिरुद्धमा मुद्दा दिएको बताए । अहिले अध्यक्ष शुशिला खडका र उनकी सहयोगी शुनिता चौधरी पुरपक्षका लागि कारागारमा छन ।

बाँकी किसानबाट रकम सकलन गर्ने ठगहरु पक्राउ परेका छैनन । दोदा साना किसान सहकारीका व्यवस्थापक गणेश रानाले अढाई सय किसानबाट सकलन भएको १करोड ९३लाख सुरो नेपालको खातामा जम्मा गरेको बताए । पावर टिलरका लागि ७५ हजार, औषधी छर्किने ट्याङकीका लागि २ हजार, पानीतान्ने मोटरका लागि १२ हजार, घाँस काट्ने मेसिनका लागि २०हजार र रोटाभेटरका लागि ४५ हजारका दरले अढाईसय किसानबाट रकम संकलन भएको बताए । उताबाट ४०थान मोटर र १ सय थान औषधी छर्किने ट्याङकी बाहेक अन्य समान नदिएको बताए ।

उनले पनि सहकारी ठग्ने सुरो नेपाल बिरुद्धमा मुद्दा चलाएको बताए । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले सुरो नेपालका अध्यक्ष शुशिला खडका सहित दुई पुरपक्षका लागि जेल चलानभएको बाँकी ठगि धन्दामा सलग्नमाथि छानबिन भईरहेको बताए । लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले आफ्नो पालिकामा रहेका किसान ठग्नेमाथि कानुनी बार्बाही र उनीहरुकोे चलअचल सम्पत्तीबाट किसानको रकम फिर्ता दिलाउन भूमिका निर्वाहमा जोडदिएका छन ।

‘किसानबाट पैशा उठाउने दुई मान्छे जेलमा छन, उनीहरुको संस्था, व्यक्तिगत चल,अचल सम्पत्तीबाट किसानको रकम फिर्ता दिलाउने काम भईरहेको छ, ‘उनले भने, ‘बाँकी किसान ठग्ने व्यक्ति समुह,सहकारीमाथि पनि छानबिन गरेर दोषि भेटिए कार्बाहीका लागि पहल गर्छु ।’

Previous Post

अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्ने

Next Post

माओवादीको किसान संगठनले भन्यो, ‘लालझाडीका किसान ठग्ने, एनजिओदेखि सबैमाथि कार्बाही गर्नुपर्छ’

Next Post
माओवादीको किसान संगठनले भन्यो, ‘लालझाडीका किसान ठग्ने, एनजिओदेखि सबैमाथि कार्बाही गर्नुपर्छ’

माओवादीको किसान संगठनले भन्यो, ‘लालझाडीका किसान ठग्ने, एनजिओदेखि सबैमाथि कार्बाही गर्नुपर्छ’

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.