सार्थक ब्युरो। कैलाली कारागारमा भएको झडपपछि घाइते भएका थप सात कैदीबन्दीलाई अन्य कारागारमा सारिएको छ।कारागार प्रशासनका अनुसार आज चार कैदीलाई डडेल्धुरा कारागार र तीन कैदीलाई डोटी कारागारमा स्थानान्तरण गरिएको हो। यसअघि नै तीन जना कञ्चनपुर, एक जना नवलपरासी र तीन जना काठमाडौं पठाइएको थियो।यसरी हालसम्म जम्मा १४ जना कैदीलाई विभिन्न स्थानमा स्थानान्तरण गरिसकिएको जेलर प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो। उहाँका अनुसार अझै अन्य कैदीलाई पनि स्थानान्तरण गर्ने तयारी भइरहेको छ।
गत साउन २३ गते मध्यराति ब्लक–ए का कैदीले ब्लक–बी का कैदीमाथि आक्रमण गर्दा एक जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए। घाइते कैदीहरूलाई सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको र डिस्चार्ज गरिएका सबैलाई अहिले कोरोना अस्पतालमा राखिएको कारागार प्रशासनले जनाएको छ।








Discussion about this post