सार्थक ब्यूरो ।नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन नयाँ उचाइ चुम्दै गएको छ। आइतबारसम्म प्रतितोला रु. २ लाख ३ हजार ६ सयमा कारोबार भएको सुन सोमबार थप रु. १ हजार ७ सयले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु. २ लाख ५ हजार ३ सय तोकिएको छ।
चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार प्रतितोला रु. २ हजार ४२५ मा कारोबार भएको चाँदी सोमबार रु. ४५ ले बढेर प्रतितोला रु. २ हजार ४७० मा पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च छ। आज विश्व बजारमा सुन प्रतिऔंस अमेरिकी डलर ३ हजार ४८० हाराहारीमा कारोबार भइरहेको छ। सुनको मूल्यमा निरन्तर भइरहेको वृद्धि उपभोक्ता र गहना व्यवसायी दुवैका लागि चिन्ताको विषय बनेको छ भने लगानीकर्तालाई भने यसले आकर्षित गरिरहेको छ।


















Discussion about this post