सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा बाँदर र बदेलको आतंक दिनानुदिन बढ्दै गएको छ। गाउँलेहरूले खेतबारीमा लगाएको अन्नबाली दिउँसो बाँदरले र राति बदेलले खाइदिने क्रम नरोकिएपछि कृषकहरू खेतीपातीछोड्न बाध्य भएका छन । राता दिन जागराम गर्न सकिदैन त्यसैले खेत बाँझा राखी रोजगारीका लागि अन्यत्र धाउनु पर्ने बाध्यता आई परेको पिडित कृषकहरुको भनाई छ ।
दार्चुला, बैतडी, डडेलधुरा, बाजुरा, बझाङ, डोटी र अछामका विभिन्न गाउँहरूमा यस समस्याले चरम रूप लिएको छ। किसानहरूका अनुसार गहुँ, मकै, कोदो,धानदेखि तरकारीसम्मका बाली बाँदर र बदेलले नष्ट गरिदिन्छन्। खेतबारीमा मेहनत गरेर लगाएको बाली जोगाउन नसकेपछि गाउँलेहरू खेतबारी बाँझो राख्न बाध्य भएका छन्। कैलाली कञ्चनपुरमा बाँदरर हात्ती को आतंक रहेको छ ।

अछामका एक किसानले भने, “दिउँसो बाँदर र राति बदेल धाउँछन्, बाली बचाउने उपाय नै छैन। वर्षभरि पसिना बगाएर लगाएको अन्न एकै रातमा हराउँछ।”
बाली नष्ट भएपछि गाउँलेहरू वैदेशिक रोजगारीतर्फ धकेलिन थालेका छन्। अन्नबालीको भरपर्दो उत्पादन नभएपछि गाउँमा बस्न नसकेर भारत वा खाडी मुलुक रोज्न बाध्य हुनेहरूको संख्या बढ्दो छ।
स्थानीय सरकार र सम्बन्धित निकायले यसबारे विशेष पहल नगरेको किसानहरूको गुनासो छ। जंगली जनावर नियन्त्रण वा व्यवस्थापनका ठोस योजना नआउँदा समस्या झन् गहिरिँदै गएको छ।
वन र वातावरण विज्ञहरूले बाँदर र बदेलको बढ्दो आतंकलाई वन क्षेत्र र बस्तीबीचको असन्तुलनसँग जोड्छन्। वन क्षेत्रमै खाद्यान्नको कमी र बस्ती नजिकै सहज खाना पाउने अवस्थाले जनावरहरू खेतबारीमा ओइरिन थालेका हुन्।पिडितकिसानहरूले जंगली जनावर विषेश गरि बाँदर बदेल नियन्त्रणका लागि यस्तो मांग गरेका छन ।जंगली जनावर नियन्त्रण वा व्यवस्थापनका लागि तत्काल प्रभावकारी नीति ल्याउनुपर्ने।
बाली नष्ट भएका किसानलाई क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने।
वैकल्पिक रोजगारी वा आधुनिक कृषि प्रविधि अपनाउन सहयोग पुर्याउनुपर्ने।
बाँदर र छाडाभुस्यह कुकुरहरुको बन्ध्याकरणको व्यवस्था गरिनु पर्ने माग राखेका छन । किसानले गरेको मांग सरकारले यथोसक्य चाडो सम्बोधन गर्नु पर्ने जानकारहरुको भनाई छ ।








Discussion about this post