सार्थक ब्यूरो । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले दर्ज्यानी चिन्ह ग्रहण गरेका छन् ।गृहमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृह सचिव गोकर्ण मणि दुवाडीले महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।उनले आजै प्रहरी महानिरीक्षकको पदभार ग्रहण गर्ने छन् ।
भदौ १३ गते मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको थियो । खापुङ पहिलो वरीयताका एआईजी थिए । महानिरीक्षक दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा गएका थिए ।








Discussion about this post