सार्थक ब्यूरो । काठमाडौंमा भएको जेनजी पुस्ताको प्रदर्शनलाई लिएर गृहमन्त्री रमेश लेखकको आलोचना भइरहेको छ। अहिले नेपाली कांग्रेसभित्रैबाट उनको राजीनामा माग हुन थालेको छ।
कांग्रेस केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले गृहमन्त्री लेखकले तत्कालै राजीनामा दिनुपर्ने बताएका हुन्। सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्यो। यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्यो।’
अहिलेसम्मको जानकारी अनुसार जेनजी आन्दोलनका १४ जना आन्दोलनकारीको ज्यान गएको छ भने प्रहरीको गोली लागेका सयौं घाइते अस्पतालमा उपचाररत छन्।








Discussion about this post