सार्थक ब्यूरो ।जेन जी आन्दोलनपछि अनिश्चितकालका लागि बन्द गरिएका कञ्चनपुरका शिक्षण संस्थाहरू आइतबारदेखि पुनः सञ्चालन हुने भएका छन्। निजी विद्यालय सञ्चालक संगठन प्याब्सन र एन प्याब्सनले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आइतबारदेखि जिल्लाभरका विद्यालयहरूमा नियमित पठनपाठन सुरु हुने जानकारी दिएका छन्।
भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि सबै शिक्षण संस्था बन्द गरिएका थिए। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्देशन र कञ्चनपुर प्रहरी प्रमुखसँगको छलफलपछि शिक्षण संस्था खोल्ने निर्णय गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ।
प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव प्रसाद भट्ट र एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दले जारी विज्ञप्तिमा जेन जी आन्दोलनमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।








Discussion about this post