सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशमा जेन–जी आन्दोलनका क्रममा सुरक्षा निकाय र प्रदर्शनकारीबीच भएको भिडन्तमा ३८ जना घाइते भएका छन्। कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा भएका छुट्टाछुट्टै घटनामा सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका सुरक्षाकर्मीहरू र केही प्रदर्शनकारीहरू घाइते भएका हुन्। सबै घाइतेहरू उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
प्रदेश प्रहरीका अनुसार सशस्त्र प्रहरी बलका ६ जना र नेपाल प्रहरीका २९ जना सुरक्षाकर्मी घाइते भएका छन्। साथै प्रदर्शनमा सहभागी ३ जना पनि सामान्य घाइते भएका छन्।
कञ्चनपुरमा सशस्त्र प्रहरी हवल्दार तेजबहादुर बम सामान्य घाइते भएका छन् भने कैलालीमा नायब निरीक्षक खेमराज बोगटी, देबिजङ्गबहादुर सिंह, हवल्दार पुष्कर बिक, सहायक हवल्दार प्रकाश बोहरा र जमदार धिरज भुल घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ।
नेपाल प्रहरीतर्फ कञ्चनपुरमा प्रहरी निरीक्षक महेशविक्रम शाही, सहायक निरीक्षक कृष्णप्रसाद जोशी, वरिष्ठ हवल्दार सुरज दमाईसहित १० जना सुरक्षाकर्मी घाइते भएका छन्। डडेल्धुरामा प्रहरी सहायक निरीक्षक भुवन बोहोरा, वरिष्ठ हवल्दार लोकेन्द्र भण्डारीसहित ८ जना घाइते भएका छन्।
यस्तै, कैलालीमा प्रहरी वरिष्ठ हवल्दार केशब चन्द र श्याम बलायर, नायब निरीक्षक प्रमोदजंग शाह, सहायक निरीक्षक मदनबहादुर बिष्ट लगायत ११ जना घाइते भएका छन्। त्यस्तै प्रदर्शनमा सहभागी अशोक रावल, शम्भु श्रेष्ठ र अभिषेक खड्का पनि हलुका घाइते भएका प्रहरीले जनाएको छ।








Discussion about this post