सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उद्योगको उदाहरणीय प्रयास

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ आश्विन २, बिहीबार ७:५२
in Breaking (With Image), आर्थिक समाचार, समाचार, सुदूरपश्चिम प्रदेश
0
सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उद्योगको उदाहरणीय प्रयास

सार्थक ब्यूरो ।कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनखेतस्थित सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उद्योगले एकै वर्षमा ५० ईरिक्सा बजारमा पुर्‍याउँदै सुदूरपश्चिममा उद्योग–उद्यमको नयाँ सम्भावना देखाएको छ। गत वर्ष स्थापना भएको यो उद्योगले भारतलगायत विभिन्न देशबाट कच्चा पदार्थ ल्याएर आफ्नै कारखानामा ईरिक्सा निर्माण गर्दै आएको छ, जुन क्षेत्रीय सन्दर्भमा निकै महत्वपूणर् प्रगति मान्न सकिन्छ।
उद्योगका प्रबन्ध निर्देशक दिवानसिंह आग्रीका अनुसार स्थानीय युवाहरू ईरिक्सा खरिद गरी साना यातायात व्यवसाय सञ्चालन गर्दै स्वरोजगार बन्न थालेका छन्। यसले बेरोजगार युवालाई विदेश जानुपर्ने दबाब कम गर्ने र आय–आर्जनको स्थानीय बाटो खोल्ने सम्भावना देखाएको छ।
यसअघि महेन्द्रनगर क्षेत्रमा प्रायः बाह्य सहरबाट तयार बनेर आउने ईरिक्साहरू प्रयोग हुने गर्थे। तर सिद्धनाथ उद्योगले स्थानीय रूपमा नै बलियो, गुणस्तरीय र तुलनात्मक रूपमा सस्ता ईरिक्सा निर्माण गर्न थालेपछि बजार माग बढ्दो छ। यसले सुदूरपश्चिममा प्राविधिक उद्योग सञ्चालन पनि सम्भव छ भन्ने सन्देश दिएको छ।
यद्यपि उद्योग अझै प्रारम्भिक चरणमै रहेको छ। प्राविधिक जनशक्ति अभाव र उनीहरूलाई दीर्घकालीन रूपमा राख्न नसक्ने चुनौती रहेको प्रबन्धक आग्री बताउँछन्। त्यसैले बाह्य विज्ञहरूको सहायतामा निर्माण भइरहेको छ। साथै, भन्सार र कर प्रणालीमा स्वदेशी उत्पादनमै अवरोध देखिएकाले सरकारले नीति तथा कर संरचना स्वदेशी उद्योगमैत्री बनाउनुपर्ने सुझाव पनि उनले दिएका छन्।
सञ्चालक कल्पना आग्रीका अनुसार यो उद्योग स्थापनाको मूल उद्देश्य स्वदेशमै लगानी गरेर आत्मनिर्भर बन्ने र उपभोक्तालाई सस्तो, भरपर्दो यातायात सेवा दिनु हो। उद्योग सञ्चालनपछि कच्चा पदार्थको लागत बाहेक अधिकांश रकम स्थानीय बजारमै परिसञ्चार हुने भएकाले यसले क्षेत्रीय अर्थतन्त्रलाई गतिशील बनाएको छ।
स्थानीय सरकारदेखि संघीय तहसम्म तीनै तहका सरकारले यस्ता उत्पादनमुखी उद्योगलाई प्रोत्साहन गर्नु अत्यावश्यक देखिन्छ। यसले सुदूरपश्चिममा औद्योगिकीकरणको सम्भावना बढाउने मात्र होइन, रोजगारी सिर्जना, सीप विकास र प्रविधि स्थानान्तरणमा पनि योगदान पुर्‍याउन सक्छ।
सिद्धनाथ उद्योगले निकट भविष्यमा ईरिक्सासँगै लोडर र स्कुटी निर्माण गर्ने योजना सार्वजनिक गरेको छ। यस्तो पहललाई दीर्घकालीन र दिगो बनाउन सरकारको स्पष्ट नीति, प्राविधिक सहयोग र वित्तीय प्रोत्साहन अपरिहार्य देखिन्छ।
५० ईरिक्साको सफल बजार प्रवेशले सिद्धनाथ उद्योगले देखाएको बाटो सुदूरपश्चिममा औद्योगिक सम्भावनाको संकेत हो। तर यसको दिगोपन सुनिश्चित गर्न राज्य, निजी क्षेत्र र समाज सबैको समन्वित प्रयास आवश्यक छ—त्यसपछि मात्र यस्ता स्थानीय उद्योगहरू क्षेत्रीय विकासको वास्तविक इन्जिन बन्न सक्नेछन्।

Previous Post

जेन जेड आन्दोलन : सुदूरपश्चिमका नौ जीवनको अन्त्य

Next Post

शुक्लाफाँटामा वन्यजन्तु नियन्त्रणकालागि स्वचालित बत्ती सञ्चालन

Next Post
शुक्लाफाँटामा वन्यजन्तु नियन्त्रणकालागि स्वचालित बत्ती सञ्चालन

शुक्लाफाँटामा वन्यजन्तु नियन्त्रणकालागि स्वचालित बत्ती सञ्चालन

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.