सार्थक ब्यूरो । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका चार मन्त्रीले राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार आयोजित समारोहमा मन्त्रीहरू जगदीश खरेल, महावीर पुन, अनिलकुमार सिन्हा र मदनप्रसाद परियारले शपथ लिएका हुन्।
सञ्चार मन्त्रालयको जिम्मेवारी जगदीश खरेललाई दिइएको छ भने, महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, अनिल सिन्हाले उद्योग, कानून तथा भूमि व्यवस्थापन मन्त्रालय, र मदन परियारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसअघि स्वास्थ्यमन्त्रीका लागि संगीता कौशल मिश्रको नाम सिफारिस गरिएको भए पनि अन्तिम समयमा शपथ रोकिएको छ।








Discussion about this post