नेपाल टेलिकमले पर्व लक्षित छुट योजना सार्वजनिक

सार्थक ब्यूरो । महान् चाड दसैँ, तिहार र छठको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। टेलिकमले विभिन्न छुट र सहुलियतसहितका प्याकेजहरू असोज ६ गतेदेखि लागू गर्ने भएको हो।
यस योजनाअन्तर्गत नयाँ एफटीटीएच सेवा जडान गर्ने ग्राहकले असोज ६ गतेदेखि ३१ गतेसम्म जडान शुल्क मिनाहा पाउनेछन्। मोबाइल प्रयोगकर्ताका लागि भने ४९९ रुपैयाँमा ५ जीबी क्षमताको ‘फेस्टिभल अनलिमिटेड’ र ६९९ रुपैयाँमा १० जीबी क्षमताको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ डाटा प्याकेज उपलब्ध गराइनेछ।
उक्त प्याकेज प्रयोगकर्ताले प्रतिदिन तोकिएको डाटा सकिएपछि क्रमशः २ एमबीपीएस र ३ एमबीपीएस गतिमा बाँकी समयसम्म इन्टरनेट चलाउन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यस्तै, २५० रुपैयाँमा १००० मिनेट अल–नेट भ्वाइस सुविधा दिने ‘जोयफूल मिनेटस्’ र ९९ रुपैयाँमा १००० अन–नेट एसएमएस पठाउन सकिने ‘फेस्टिभल म्यासेज प्याकेज’ पनि उपलब्ध गराइनेछ। यी प्याकेजको समयावधि प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिन रहने प्रवक्ता रविन्दी मानन्धरले जानकारी दिनुभयो।
जीएसएम सेवासम्बन्धी प्याकेजहरू असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछ। मोबाइलबाट 141511# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर सेवाहरू सक्रिय गर्न सकिने छ।टेलिकमले यस किसिमका अफरहरूले चाडपर्वको समयमा आपसी सम्पर्कलाई सहज बनाउन, आफन्तसँग खुसी बाँड्न र डिजिटल सेवाको प्रयोग विस्तारमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित