सार्थक ब्यूरो । जेनजी आन्दोलनका बेला काठमाडौंमा लुटिएका हतियारसहित चार युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले दुईवटा पेस्तोल र गोली बरामद गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका–१ का २२ वर्षीय हिमाल आचार्य, वडा नम्बर–३ का १९ वर्षीय आभाष चन्द, १९ वर्षीय समीर खड्का र २२ वर्षीय जिवेश सापकोटा रहेका प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार अपराध महाशाखाबाट प्राप्त सूचनाको आधारमा गरिएको खोजतलासका क्रममा समीर खड्काको घरबाट एक थान पेस्तोल, म्यागजिन र २८ राउण्ड गोली फेला परेको हो। त्यस्तै, आभाष चन्दको साथबाट एक थान रिभल्वर बरामद गरिएको बताइएको छ।
अनुसन्धानका क्रममा बरामद हतियार जेनजी आन्दोलनको क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथबाट लुटिएको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ।


















Discussion about this post