दशैंको चौथो दिन कुष्माण्डा देवीको विशेष पूजा आराधना

सार्थक ब्यूरो । नेपालीहरुको महान् चाड बडादशैं अन्तर्गत नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विशेष पूजा आराधना गरी मनाइँदैछ। शक्तिपीठ तथा देवी मन्दिरहरूमा आज भक्तजनहरूको घुँइचो लागेको छ। घर–घरमा शुभकर्मको थालनी र सृष्टिको प्रतीकको रूपमा देवीको पूजा गरिन्छ।
धार्मिक विश्वास अनुसार कुष्माण्डा देवीले ब्रह्माण्डको सृष्टि गरी पृथ्वीको रचना गर्न सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएकी हुन्। देवीले अन्य ग्रहहरूको सिर्जना गरी पूरै सौर्यमण्डलको सञ्चालन गरेकी छिन्। शास्त्रमा उल्लेख अनुसार, उनले उष्ण रक्तसमूहका मानव, चराचुरुङ्गी, सर्प लगायतका प्राणीहरूको सिर्जना गरेको बताइएको छ।
कुष्माण्डाको अर्थ “कुभिण्डो” हो। आज भक्तजनले कुभिण्डो फललाई देवीको प्रतीक मान्दै पूजा आराधना गर्ने परम्परा छ। चतुर्थी तिथिको दिन माता कुष्माण्डाको पूजा गर्दा ज्ञान प्राप्त हुने, वाणीका दोष हट्ने र ढिलो बोल्ने बालकहरूका लागि विशेष लाभ हुने धार्मिक विश्वास छ।
यसै अवसरमा भक्तजनहरूले मालपुवा अर्पण गर्ने प्रचलन पनि छ। धार्मिक विश्वास अनुसार आज मालपुवा दान गरेमा पुण्य लाभ हुने जनाइएको छ।
विशेषगरी नवरात्रको चौथो दिनको पूजा धार्मिक र सांस्कृतिक दृष्टिले सृष्टि, ज्ञान र शुभकार्यको प्रतीकका रूपमा महत्त्वपूर्ण मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित