धनगढीमा दशैंको टीकाका लागि निःशुल्क यातायात सुविधा

सार्थक ब्यूरो। विजया दशमीको दिन धनगढी उपमहानगरपालिकाले टीका ग्रहणका लागि गन्तव्यतर्फ जाने नागरिकलाई निःशुल्क यातायात सुविधा उपलब्ध गराएको छ।
उपमहानगरपालिकाको नगर प्रहरीमार्फत दिइएको उक्त सेवाअन्तर्गत हिजो बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म ४०४ जना सर्वसाधारण लाभान्वित भएका थिए। दशैंजस्तो ठूलो चाडमा सवारी साधन नपाएर नागरिकलाई समस्या नहोस् भन्ने उद्देश्यले निःशुल्क यातायात सञ्चालन गरिएको उपमहानगरले जनाएको छ।
नगर प्रहरीले धनगढीका सबै १९ वटै वडामा सेवा विस्तार गरेको थियो। यातायात व्यवस्थापनका लागि ९ वटा मोटरसाइकल, एक नगर प्रहरी भ्यान र उपमहानगरको विशेषज्ञ वडा क्लिनिकको सवारीसाधन प्रयोग गरिएको जानकारी दिइएको छ।
उपमहानगरपालिकाले यस वर्षको दशैंलाई सहज र सबैका लागि पहुँचयोग्य बनाउन गरिएको यो पहललाई नागरिकहरूले सराहना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित