सार्थक ब्यूरो।पछिल्ला दुई दिनदेखिको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव तीव्र बनेको छ। आइतबार बिहान ७ बजेसम्म कोसी ब्यारेज कन्ट्रोल रुमले २ लाख ७१ हजार ३१० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको जनाएको छ। बिहान ५ बजे गरिएको मापनमा यो मात्रा २ लाख २० हजार २२५ क्युसेक प्रतिसेकेन्ड थियो।
लगातार पानीको मात्रा बढ्दै गएपछि ब्यारेजका ३९ ढोका खोलिएको कन्ट्रोल रुमले जनाएको छ। शनिबारदेखि पहाडी क्षेत्रमा वर्षा बढेसँगै नदीमा पानीको स्तर उकालो लाग्दै गएको हो।
यद्यपि, हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको कोशी तटबन्धमा कार्यरत प्राविधिक महोन मण्डलले जानकारी दिनुभयो। उहाँका अनुसार राजावास, प्रकाशपुर र मधुवन क्षेत्रलगायतका तटबन्धहरू सुरक्षित रहेका छन्।स्थानीय प्रशासनले नदी किनार र तटबन्ध आसपासका बासिन्दालाई सतर्क रहन र अनावश्यक जोखिम नलिन आग्रह गरेको छ।


















Discussion about this post