सार्थक ब्यूरो। भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न कारागारबाट भागेका करिब पाँच सय कैदीबन्दी अझै फरार छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार, जेनजी आन्दोलनका दिन भागेका ९७७ जना कैदीबन्दीलाई पक्राउ गरिएको छ। यसमा कैलाली लगायतका जिल्लाका कारागारबाट भागेका ९४१ र डोटी बाल सुधार गृहबाट भागेका ३६ कैदीबन्दी नियन्त्रणमा लिइएको छ। यसरी हाल कुल १२७२ कैदीबन्दी कारागारमा रहेका छन्।
तर, बाल सुधार गृह र अन्य कारागारबाट भागेका ४८१ जना अझै फरार रहेको प्रहरीले जनाएको छ। जेनजी आन्दोलनकै दिन कैलाली कारागारबाट ६६६ जना कैदीबन्दी भागेका थिए, जसमध्ये ३४१ मात्रै नियन्त्रणमा आइसकेको छ।
जिल्ला कारागार कञ्चनपुरमा ३४५, बझाङ्ग ५३, डडेल्धुरा ८०, बैतडी ५९, दार्चुला ६३ र बाल सुधार गृह ३६ कैदीबन्दी नियन्त्रणमा लिइएको छ। डोटी, बाजुरा र अछामका कारागारबाट भने कैदीबन्दी फरार भएका थिएनन्। कतिपय फरार कैदीबन्दी आफैं कारागार फर्किएका भए पनि अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार ल्याएको जनाइएको छ।


















Discussion about this post