सार्थक ब्यूरो। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो प्रधानमन्त्री सुशीला कार्की लगायतका शीर्ष राजनीतिक दलका नेताहरूलाई सर्वदलीय बैठकका लागि आह्वान गरेका छन् ।
आगामी निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूबीच संवादको कमी देखिएपछि राष्ट्रपति पौडेलले राजनीतिक समन्वयका लागि यो बैठक बोलाएका हुन् । बैठक आज अपराह्न ४ बजे शीतल निवासमा बस्ने तय गरिएको छ ।
राष्ट्रपतिले निर्वाचन पूर्व आवश्यक राजनीतिक वातावरण तयार पार्ने विषयमा दलहरूको साझा दृष्टिकोण बनाउन आग्रह गर्ने जनाइएको छ ।
यसअघि हिजो राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच शीतल निवासमा भेटवार्ता भएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सरकारलाई सुझाव दिएका थिए भने प्रधानमन्त्री कार्कीले आयोगसँगको समन्वयमा सरकार पूर्ण तयारीमा रहेको जानकारी गराएकी थिइन् ।








Discussion about this post