सार्थक ब्यूरो।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार तयारी अपूर्ण भएकाले बैठक केही दिन पछि सारिएको हो।
नयाँ मिति अनुसार बैठक अब असोज २९ देखि ३१ गतेसम्म काठमाडौंमा बस्ने भएको छ। यसअघि बैठक असोज २७ देखि २९ गतेसम्मका लागि तय गरिएको थियो।ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालय हालैको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट प्रभावित भएपछि आवश्यक तयारीमा ढिलाइ भएको बताइएको छ।
यसबीच, आज बस्ने एमाले सचिवालय बैठकले आगामी केन्द्रीय कमिटी बैठकका कार्यसूचीहरू निर्धारण गर्ने तयारी गरेको पार्टी स्रोतले जनाएको छ।








Discussion about this post