कैलालीमा ट्याक्टर दुर्घटना, तीनको ज्यान गयो, नौ जना घाइते

सार्थक ब्यूरो। मलामी बोकेर गइरहेको एक ट्याक्टर शनिबार दिउँसो दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुहा नगरपालिका क्षेत्रमा पर्ने धोबेनी खोलामा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र बहादुर सिंहका अनुसार घटनास्थलमै बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको मृत्यु भएको हो।
दुर्घटनामा घाइते नौ जनालाई स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्‍याइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार ट्याक्टरमा चढेका सबै जना एकै गाउँका मलामी थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित