बैतडीमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान

सार्थक ब्यूरो। जिल्लाको पाटन नगरपालिका–४ अन्नाडी मोड नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ सुकेलीका करिब ५८ वर्षीय प्रेमसिंह बिष्ट रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूका अनुसार बिष्ट बिहीबार दिउँसो घरबाट सिउडे तर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् । साँझसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजीका क्रममा उनको शव सडकबाट करिब एक सय मिटर तल फेला परेको हो ।प्रहरीले घटनास्थलमै बिष्टले चलाएको सुप.प्र. ०१–०११ प ७१५१ नम्बरको मोटरसाइकल पनि सडकबाट तल खसेको अवस्थामा फेला पारेको जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित